२२ भाद्र २०८१, शनिबार

नेकपाका प्रवक्ता प्रकाण्ड सी गृह जिल्ला कालिकोटमा, बाढी पहिरोमा उच्च सतर्कता अपनाउन सुरक्षा निकायलाई सुझाव

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री प्रकाण्ड सी गृह जिल्ला कालिकोटमा पुगेका छन । उनी विहिवार दिउसो जिल्लाको सदरमुकाम मान्म पुगेका हुन ।
प्रवक्ता प्रकाण्ड सीले विहिवारै जिल्ला स्थिति सुरक्षा निकायका उच्च अधिकारीहरुसंग भेटघाट गर्दै जिल्लाको शान्ति सुरक्षाको अवस्था ,बाढी पहिरोले जिल्लामा पुर्याएको क्षति लगायतका विषयमा जानकारी लिएका छन ।
नेकपाका प्रवक्ता तथा पूर्वमन्त्री प्रकाण्डले कालिकोट जिल्ला बाढी पहिरोको उच्च जोखिम जिल्ला भएको भन्दै यो बर्ष बाढी पहिरोको घटनाबाट हुने मानबीय क्षति रोक्न जिल्ला स्थिति सुरक्षा निकायका अधिकारीहरुलाई उच्च सतर्कताका साथ तयारीमा रहन निर्देशन दिए ।
भेटघाटका क्रममा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले पूर्र्वमन्त्री प्रकाण्डलाई जिल्लाको पछिल्लो शान्ति सुरक्षाको अवस्था,बाढी पहिरोले पुर्याएको क्षति,राहत र उद्धारको कामकोवारे जानकारी दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी नेपालीले पछिल्लो चरणमा शिक्षा क्षेत्रमा गैर परिक्षार्थीहरुले परीक्षा दिने कार्य जिल्लामा रोकिदै गएको र नागरिकहरुका दैनिक सेवाका कामहरु सहज भइरहेको बताए ।
प्रवक्ता प्रकाण्डले जिल्लामा सुरक्षा निकायबाट भएका राम्राकामहरुको प्रसंसा गर्दै प्राकृतिक प्रकोपको वेला सुरक्षा निकायले गरेको कामहरुप्रति धन्यवाद दिए । उनले जिल्लामा भौगोलिक कठिनाई भएपनि जस्तो सुकै अवस्थामा पनि जनताको सेवामा खट्न सुरक्षा क्षेत्रका अधिकारीहरुलाई निर्देशन दिए ।
भेटघाटमा प्रवक्ता प्रकाण्डले देशलाई जटिल परिस्थितिबाट निकास दिनको निम्ति नेकपाले राष्ट्रिय रुपमा गरिरहेको पहलप्रति सकारत्मक भूमिकाको अपेक्षा गरेको बताए ।
पूर्वमन्त्री प्रकाण्डले भने ‘राष्ट्रिय राजनीतिमा कालिकोट जिल्लाको पनि महत्वपूर्ण भूमिका छ, सुरक्षा क्षेत्रले पनि नगरिकहरुले अनुभूत हुनेगरी काम गर्नुहोस, यो जिल्ला क्रान्तिमा ठूलो योगदान पुर्याएको जिल्ला पनि हो । अझैसम्म पनि राज्यवाट राहतको प्रत्याभूति हुने गरी काम भएको छैन । यो दुखको कुरा हो । मुख्य कुरा दलाल व्यवस्थाको खराबी हो । कुनै व्यक्तिको दोष भन्दा पनि व्यवस्थाको दोष हो ।’
उनले खराव संसदीय राजनीतिले गर्दा सुरक्षा क्षेत्र पनि कमजोर भएको बताए । प्रवक्ता प्रकाण्डले भने ‘राष्ट्रिय स्वाधीनता पनि कमजोर हुँदै गएको छ, समाजमा सामजिक असुरक्षा र अराजकता बड्दै गएको छ, देशलाई असफल बनाउनेमा दलाल संसदीय व्यवस्था र त्यसका नेता छन । जनताको आसा गर्ने नेता र पार्टी छैनन् । अवको देशको जिम्मा नेकपाले मात्र लिन सक्छ र जनताको आशा र अपेक्षा पुरा गर्न सक्छ ।’
उनले नेपालमा संकटको निकास र सबैको अधिकार समाजवाद दलाल संसदीय व्यवस्था भन्दा उत्कृष्ट व्यवस्था समाजवादबाट हुने पनि बताए ।
भेटघाटमा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थिति प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान प्रहरीका प्रमुख लगायतका सुरक्षा निकायका अधिकारीको सहभागिता रहेको थियो ।
सो अवसरामा नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज विवेक सी,युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सी र केन्द्रीय सदस्य अर्जुन सीको पनि सहभागिता रहको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।