३ आश्विन २०८१, बिहीबार

अ.ने.म. संघ क्रान्तिकारी ललितपुरको बैठक सम्पन्न

0

ललितपुर– अखिल नेपाल महिला संघ क्रान्तिकारी ललितपुरको बैठक सम्पन्न भएको छ । शनिबार ललितपुरको लगनखेलमा जिल्ला संयोजक पवित्रा सीको अध्यक्षता बैठक सम्पन्न भएको हो ।

अ.ने.म.संघ क्रान्तिकारी केन्दीय सचिवालय सदस्य लक्ष्मी सीले संचालन गरेको बैठकमा अनेम संघ क्रान्तिकारीका उपाध्याक्ष भृकुटीको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा नेकपा ललितपुर जिल्ला इन्चार्ज बिपिन सी, जिल्ला सचिव बिकास सी लगायतको आतिथ्यता रहेको थियो ।

बैठकले ममता सीको नेतृत्वमा ५ सदस्यीय अभियान टिम गठन गर्दैै एक महिने संगठन विस्तार अभियान संचालन गर्ने, नगर, महानगरमा भेला सम्मेलनद्धारा कमिटी विस्तार गर्ने, इकाई कमिटी गठन गर्ने, भदौ १४ गते जिल्ला भेला गर्ने निर्णय भएको छ । साथै, ‘नेपाली विशेषताको समाजवाद र महिला’ विषयक अन्तरक्रिया गर्ने, महिला उत्पीडनकाविरुद्धमा तत्कालिन भइपरी आउने घटना र नियमित रुपमा हुने महिला हिंसाका विरुद्धमा संघर्ष गर्ने निर्णय भएको बताइएको छ ।

संगठनलाई आत्मनिर्भर बनाउन सम्भावनाहरुको खोजी गरी आर्थिक उत्पादनलाई बढाउने निर्णय भएको प्रमुख अतिथिसमेत रहेकी केन्द्रीय उपाध्यक्ष भृकुटी सीले बताइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।