३१ भाद्र २०८१, सोमबार

हुम्ला- काठमाडौँ समाजवादी सम्पर्क मञ्चको अध्यक्षमा खडक दानी चयन

0

काठमाडौँ/ विभिन्न पेशा, पठनपाठन लगायतका कामको सिलसिलामा हुम्लाबाट काठमाडौँ कर्मथलो बनाएका हुम्ली जनताहरुको सम्पर्क मञ्चको रूपमा रहेको हुम्ला काठमाडौँ समाजवादी मञ्चको अध्यक्षमा खडक दानी चयन भएका छन् ।
शनिबार काठमाडौँमा आयोजित भेलाले दानीको नेतृत्वमा ५१ सदस्यीय समिति चयन गरेको हो ।

भेलाले उपाध्यक्षमा रामचन्द्र बुढा र कलिकर्ण सुनार, सचिवमा तुलाराज फडेरा र कोषाध्यक्षमा बबिता बुढाथोकीलाई चयन गरेको छ ।

समाजवादी सम्पर्क मञ्चको भेलामा हुम्ला जिल्लाबाट काठमाडौँमा रहेका कलाकारहरु नवराज भण्डारी, अकिल कुमार अनमोल, बनकला सञ्ज्याल, फुलमाया शाही र शेरबहादुर बिसीलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा कर्णाली प्रदेश इन्चार्ज एवम् नेकपाका स्थायी समिति सदस्य सुशिल सीले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने कलाकारहरुले आ-आफ्ना कला प्रस्तुतिसहित देउडा खेल समेत खेलेका थिए ।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्यहरु राजकुमारी सी, दर्शन सी, विद्यार्थी नेता पुरन सीले मन्तव्यद्वारा शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन उपेन्द्र सीले गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।