३१ भाद्र २०८१, सोमबार

नेकपा बागमती प्रदेशले अमेरिकी हस्तक्षेपविरुद्ध संघर्ष गर्ने

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी बागमती प्रदेशको सचिवालय बैठक सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवम् बागमती प्रदेश प्रदेश इन्चार्ज प्रकाण्ड सीको अध्यक्षतामा साउन २६ र २७ गते बसेको बैठकले अमेरिकी साम्राज्यवादी हस्तक्षेपको विरुद्धमा संघर्ष गर्ने लगायतका निर्णय गरेको छ ।

नेकपा पोलिट ब्युरो सदस्य तथा काठमार्डौं जिल्ला इन्चार्ज माइला सीले दिएको जानकारी अनुसार अमेरिकी साम्राज्यवादी हस्तक्षेपको विरुद्धमा संघर्ष चर्काउने, दलाल पुँजीवाद, भ्रष्टाचार, कमिशन, कालोबजारीविरुद्ध जनसंघर्ष चर्काउने निर्णय गरेको छ । बैठकले पार्टीको आन्तरिक पंक्तिलाई देशको परिस्थिति, पार्टीको नीति र योजनाबारे स्पष्टता ल्याउने र साम्राज्यवादको हस्तक्षेपबारे जनतालाई चेतनशील बनाउने कार्यक्रम सन्चालन गर्ने निर्णयसमेत गरेको छ ।

उक्त बैठकले संगठन सुदृढीकरण र विस्तार गर्ने, नयाँ कार्यकर्ता भर्ति गर्ने र ध्रुविकरण कार्यलाई प्राथमिकता दिएर कार्य गर्ने, पार्टीको उत्पादन अभियानलाई व्यवस्थित बनाउने, हिउँदे उत्पादनको तयारी गर्ने र पार्टीको प्रचार मोर्चालाई व्यवस्थित, एकीकृत र प्रवाभकारी बनाउने निर्णय गरेको माइला सीको भनाई छ ।

उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता एवम् बागमती प्रदेश प्रदेश इन्चार्ज प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टीको पाँचौ केन्द्रिय समिति र हालै सम्पन्न स्थायी समितिको बैठकका निर्णयहरुको मर्म पक्रन र सृजनात्मक ढंगले पार्टीको नीति लागू गर्नु बागमती प्रदेशको विशेष दायित्व रहेको बताउदै सोहि बमोजिम अगाडि बढ्न बैठकमा सहभागी नेताहरुलाई निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।