३० आश्विन २०८१, बुधबार

नेकपाका महासचिव विप्लवले शनिबार गोर्खालीसँग अन्तरक्रिया गर्ने

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीसङ्ग गोर्खाली युवा, विद्यार्थी, किशान, मजदुर तथा बुद्धिजीविहरुले प्रत्यक्ष भेटेर प्रश्न उत्तर गर्न पाउने भएका छन् ।
गोरखालीहरुको राजनीति, सामाजिक, आर्थिक, व्यवसायी लगाएत राज्यका विभिन्न निकायमा व्यापक उपस्थिति रहेपनि गोर्खाली बिचको सामिप्याता अलि टाढा जस्तो भएको महसुस गर्दै यसलाई प्रगाढ बनाउन नेकपा गोरखाले भेटघाटको अवसर जुराईदिएको हो ।

नेकपाका गोरखा जिल्ला इन्चार्ज कपिल सीका अनुसार यो राजनीति नभई विशुद्ध भेटघाट भएको र कार्यक्रममा सबै राजनीतिक दलहरुसङ्ग आस्था राख्नेहरुले उपस्थिति जनाएर महासचिव विप्लवसङ्ग समसामयिक राजनीति, समाजवादी आन्दोलन, वाम ध्रुविकरण, माओवादी एकता र समाजवादी मोर्चाको अवस्था र यसको प्रभावकारिताको विषयमा प्रत्यक्ष भेटेर आफ्नो कुरा राख्न पाउनेछन् ।

कार्यक्रममा को, कुन राजनीतिक पृष्ठभूमिको भन्दापनि गोर्खाली बिचको एकता, सबै गोरखालीहरुको वस्तुगत अवस्था अबको कार्यभारको विषयमा छलफल गर्ने र समुन्नत गोरखा कसरी बनाउन सकिन्छ, हरेक क्षेत्रमा गोरखालीको प्रतिनिधित्व कसरी गराउन सकिन्छ भन्ने विषयमा छलफल हुने आयोजकले जनाएको छ।

कार्यक्रममा नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता तथा स्थायी समिति सदस्य शिलु सीको विशेष उपस्थिति रहनेछ । कार्यक्रम बालाजुको औद्योगिक क्षेत्रभित्र अवस्थित सिटीईभिटी इन्जिनियरिङ कजेजमा शनिबार दिउँसो १:३० बजेबाट सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।