६ पुष २०८१, शनिबार

बङ्गलादेश सङ्कट

0

बङ्गलादेश सङ्कट
दक्षिण एशियाको सबैभन्दा कान्छो देश बङ्गलादेशमा केही हप्ताभित्र ३ सयभन्दा धेरैको हत्या भएको छ । निर्वाचित प्रधानमन्त्री बेगम शेख हसिना देश छोडेर भागेकी छिन् । अवामी लिगका कैयौं नेता गिरफ्तार भएका छन् । प्रम निवासमा लुटपाट र आगजनी भएको छ । सेनाले पहलकदमी लिएको छ । भारतबाहेक सबै अन्तर्राष्ट्रिय शक्तिहरू शेख हसिना विरुद्ध देखिएका छन् । जेलिएको उक्त घटना नेपालसहित सबैको चासो र शिक्षाप्रद घटना हो । तसर्थ सोही विषयमा यहाँ चर्चा गरिने छ ।
आर्थिक सङ्कट
सन् २००९ देखि २०२४ सम्म बेगम शेख हसिना सत्तारुढ थिइन् । २०१० बाट बङ्गलादेशले तीव्र आर्थिक विकास गर्न थालेको थियो । बङ्गलादेशको वार्षिक आर्थिक वृद्धिदर ६-८ प्रतिशत थियो । कोभिड-१९ महामारीको समयमा समेत त्यो वृद्धिदर ३.५ भन्दा तल झरेन । त्यसप्रकारको अवस्थालाई हेरेर विश्व बैंकले २०२६ सम्म बङ्गलादेश ‘निम्नतम् विकसित देश’को श्रेणीमा पुग्ने प्रक्षेपण गरेको थियो । बङ्गलादेश विश्वको पहिलो तयारी पोशाक निर्यातक देश बन्यो ।
अमेरिकासहित पश्चिमाहरूको दबाव, रुस-युक्रेन युद्ध र तनावको कारण आयात-निर्यात असन्तुलन भयो । खाद्यान्न महङ्गो भएर गयो । बैंकहरूले कर्जा उठाउन कठीन महसुस गर्न थाले । लगानी निरुत्साहित भयो । विदेशी मुद्रा सञ्चिती घट्यो । सरकारले एकै वर्षमा विद्युत महसुल, खाना पकाउने ग्याँस र खाद्यान्नमा ३ गुणासम्म मूल्य वृद्धि गर्‍यो । जसको कारण धनी र गरिबबिचको खाडल धेरै बढेर गयो । १० प्रतिशत धनाढ्यसँग कूल राष्ट्रिय आयको ४१ प्रतिशत धन थुप्रिँदा सबैभन्दा गरिब १० प्रतिशत जनतासँग १.३ प्रतिशत सम्पत्ति थियो । त्यसप्रकारको अवस्थालाई विपक्षी पार्टीहरूले सरकारको विरुद्ध उपयोग गरे । अर्थ-व्यवस्था सरकारको प्रतिकूल थियो ।
भू-राजनीतिक जटिलता
१५ अगस्त १९७५ मा बंगाली सेनाले तत्कालीन राष्ट्रपति शेख मुजिबर रहमानको स-परिवार हत्या गर्‍यो । त्यसबेला मुजिबरका छोरीहरू शेख हसिना र शेख रिहाना पश्चिम जर्मनीमा थिए । १९७५-१९८१ सम्म उनीहरू भूमिगत अवस्थामा दिल्लीको पण्डारा-कुञ्जस्थित एउटा घर भाडामा लिएर बसे । त्यसबेला इन्दिरा गान्धी, मुखर्जीलगायत भारतका उच्च तहका नेतासँग निकट सम्बन्ध बन्यो । त्यो बिरासत मोदीसम्म कायम थियो । पिताले सन् १९४९ मा स्थापना गरेको पार्टीका नेताहरूको आग्रहमा हसिना १९८१ मा अवामी लिगको नेतृत्व गर्न बङ्गलादेश फर्किइन् । तर उनको दिल्ली बिरासत कायमै थियो ।
बेगम शेख हसिना र नरेन्द्र मोदी विरासतको कारण बङ्गलादेशले रुसी तेल भारतसँग खरिद गरिरहँदा अमेरिका र पश्चिमी देशहरूले बङ्गलादेशलाई रुसी तेल खरिद नगर्न दबाव दिइरहेका थिए । सरकारलाई प्रतिबन्धको धम्की आइरहेको थियो । अमेरिका तथा पश्चिमी देशहरू सरकारसँग असन्तुष्ट थिए । अमेरिकाले बंगाली सेनासँग सम्बन्ध विस्तार गर्दै थियो ।
चीन र पाकिस्तानको समर्थन विपक्षी दल बङ्गलादेश राष्ट्रवादी पार्टी (द्यल्ए) लाई थियो । निर्वाचनमा भारतको समर्थन बेगम शेख हसिनालाई भएकोमा असन्तुष्ट विपक्षी दलहरूले ‘भारत बहिष्कार’ नारासम्म लगाएका थिए । भारतबाहेक सम्पूणर् शक्ति केन्द्रहरू बेगम शेख हसिनाको विपक्षमा पुग्दा शक्ति सन्तुलन बिग्रियो अथवा सरकारको प्रतिकूल भयो ।
डरलाग्दो अमेरिकी षड्यन्त्र
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम शेख हसिनाले देशमा आफ्नो सरकार विरुद्ध भइरहेको हिंसात्मक प्रदर्शन र आफ्नो राजिनामामा अमेरिकाको हात रहेको आरोप लगाएकी छन् । “अमेरिकाले बङ्गलादेशको सेण्ट मार्टिन टापुमा सैन्य आधार शिविर बनाउन चाहन्थ्यो । जसलाई मैले अस्वीकार गरें । त्यसकारण मैले देश नै छोड्नुपर्‍यो” हसिनाको गम्भीर आरोप छ । देश थप रक्तपाततिर नजाओस् भनेर आफूले राजिनामा दिएको दाबि पनि उनले गरेकी छन् । “यदि मैले सेण्ट मार्टिन टापु अमेरिकालाई दिएको भए म सत्तामा रहिरहन्थें” उनले दाबि गरेकी छन् । हसिनाको उक्त टिप्पणीसँगै ३ वर्ग किमीमात्र क्षेत्रफल भएको सानो टापु एकाएक विश्वभरी चर्चाको शिखरमा पुगेको छ ।
अमेरिकाको गिद्धे-नजर किन ?
रणनीतिक दृष्टिले सेण्ट मार्टिन एशियाको सबैभन्दा महत्वपूणर् टापु मानिएको छ । यो टापुबाट बङ्गालको खाडी र वरपरको भू-भागमा सहजै निगरानी गर्न सकिन्छ । त्यसैगरी सो टापुसम्म संसारको कुनै पनि सामुद्रिक मार्गबाट सजिलै पुग्न सकिन्छ । यो बङ्गालको खाडीको दक्षिण र दक्षिण-पूर्व एशियाको बिचमा साँघुको काम गर्ने टापु हो । यो क्षेत्रले संसारभरी व्यापारिक सम्बन्ध कायम गर्न सुबिधा पुर्‍याउँछ । यो टापु भारत-चीन र नेपालको एकदमै नजिक रहेको छ । यसमा सैन्य अखडा राखेर अमेरिकाले चीन र भारतजस्ता ठूला आर्थिक शक्तिहरूमाथि नियन्त्रण र निगरानी कायम गर्न खोजेको थियो । र दक्षिण एशिया र दक्षिण-पूर्वी एशियामाथि नियन्त्रण कायम गर्न खोजेको थियो । त्यसकारण सो टापुको स्वामित्व आफूलाई दिन अमेरिकाले लामो समयदेखि दबाव दिइरहेको हसिनाको आरोप छ ।
के हो सेण्ट मार्टिनको इतिहास ?
सेण्ट मार्टिन टापुको निर्माण १८ औं शताब्दीमा अरबी व्यापारीहरूले गरेका थिए । अरबी व्यापारीहरूले बस्ती बसाए । जसको नाम उनीहरूले ‘जजिरा’ राखे । यो बङ्गालको खाडीको उत्तर-पूर्वी भागमा रहेको एउटा सानो टापु हो । जुन काँक्सबजार टेकनाफ टापुको माथिबाट झण्डै ९ किलोमिटर दक्षिणमा छ । कालान्तरमा यसको केही भाग जलमग्न भयो र यसको दक्षिणी भू-भाग डुब्न गयो । त्यसकारण मुख्य भूमि बङ्गलादेशबाट छुट्टिन गयो र एउटा टापु बन्न गयो ।
अङ्ग्रेज शासनकालमा सेण्ट मार्टिन टापुलाई चट्गाउँ भनिन्थ्यो । तत्कालीन अङ्ग्रेज डिप्टी कमिशनरको नाममा यस टापुको नाम सेण्ट मार्टिन टापु राखिएको थियो । यो टापुलाई नरिवल टापु, कोरल टापु आदि नामले पनि चिनिन्छ ।
दक्षिण एशिया चीनपछिको विश्वको सबैभन्दा ठूलो बजार हो । चीन विरुद्ध लड्न र दक्षिण एशियामा पहुँच बढाउन अमेरिकाले बङ्गलादेशसँग आफ्नो सेनाको सैन्य हवाई अड्डा राख्नदिन अनुमति मागेको थियो । तर बेगम शेख हसिनाले सो प्रस्ताव अस्वीकार गरिन् । भारत पनि रुससँग नजिकिंंदै गएको छ । यस्तो प्रतिकूल अवस्थामा अमेरिकाले बर्मा र बङ्गलादेश फुटाएर अलग्गै देश बनाउने र पश्चिम एशियामा इजरायल जस्तै आफूप्रति बफादार सहयोगी बनाउन खोजेको रहस्योद्घाटन हसिनाले अघिल्लो महिना अमेरिकाको नाम नलिइकन सार्वजनिक गरेकी थिइ्न् ।
 बर्माका विद्रोहीलाई अमेरिकाको सहयोग रहिआएको छ । बङ्गलादेशमा १९७१ मा स्वतन्त्र हुँदा ७६ प्रतिशत मुस्लिम धर्मावलम्बी थिए । हाल ९१ प्रतिशत पुगेका छन् । बङ्गलादेशमा अल्पसंख्यक हिन्दु र क्रिश्चियन समुदाय प्रताडित भइरहेका छन् । मन्दिर र चर्चमाथि आक्रमण भएका छन् । जसरी १९७१ मा बंगाली भाषीमाथि दमन भएको भन्ने आधारमा भारतले पूर्वी पाकिस्तान फुटाएर बङ्गलादेश बनाएको थियो । आज अमेरिकाले धर्मलाई आधार बनाएर बङ्गलादेश फुटाउन सक्छ । त्यसरी बर्मा र बङ्गलादेशका विभाजित भू-भागहरू एउटा स्वतन्त्र देशको रुपमा उभ्याइन सक्छ ।
 सरकारको निरंकुशता
बङ्गलादेशमा निर्वाचनभन्दा अगाडि काम चलाउ सरकार (क्ष्लतभचष्m न्यखभचलmभलत) गठन गर्ने व्यवस्था संविधानमा नै थियो । सन् २०२४ को निर्वाचनमा संविधान संशोधन गरेर आफैले निर्वाचन गराएपछि ४० प्रतिशत मात्र मतदान भयो । यसरी राजनीतिक सङ्कट गहिरिएको थियो ।
हसिना सरकारले विपक्षीको आवाज कुल्चिएर एक्लै यात्रा गर्न थाल्यो । लोकतन्त्रको लगातार हत्या, मानव अधिकारको गम्भीर उलङ्घन, संविधानको बलात्कार र भारतको दलाली बेगम सरकारको दिनचर्या बन्दै गयो । विद्यार्थीका जायज मागमाथि बर्बर दमन गरियो । राज्य शक्तिको चरम दुरुपयोग गरियो । सरकार समर्थक युवा र विद्यार्थीले प्रहरीको संरक्षणमा हत्या र आतङ्क तीव्र पार्न थाले । जसको कारण विद्यार्थी आन्दोलनको पक्षमा सिङ्गो जनता उभियो । धार्मिक दृष्टिले बहुमतमा रहेको मुस्लिम समुदायसमेत बेगम खालिदा जिया नेतृत्वको जमात-ए-इस्लामीको पक्षमा पुगे । त्यसैबिच अशान्ति र हिंसा उक्साएको भन्दै सरकारले जमात-ए-इस्लामी पार्टीमाथि प्रतिबन्ध लगायो । यसरी एकपछि अर्को निरंकुश यात्रा नै बेगम शेख हसिना सरकारको झण्डै १५ वर्षे शासनको अवसानको कारण बन्यो ।
तत्कालको कारण
 सन् १९७१ मा पूर्वी पाकिस्तान टुक्रिएर स्वतन्त्र देश बन्यो- बङ्गलादेश । स्वतन्त्रता सेनानीलाई सम्मान गर्ने उद्देश्य १९७२ मा सरकारी सेवा, रोजगार र शिक्षामा स्वतन्त्रता सेनानी र उनीहरूका सन्तानलाई ३० प्रतिशत आरक्षण गर्ने निणर्य गरियो । त्यसपछि आरक्षणलाई बढाएर ५६ प्रतिशत पुर्‍याइयो । उक्त निणर्यसँगै आरक्षण नीतिको व्यापक विरोध शुरुभयो । बढ्दो असन्तोषको कारण सन् २०१८ मा आरक्षण नीतिलाई सरकारले फिर्ता लियो । तर ढाका सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई गर्दै ३० प्रतिशत आरक्षण नीतिलाई पुनः स्थापित गरिएपछि सरकारले अदालतलाई दुरुपयोग गरेको भन्दै सङ्घर्ष चर्कियो । एक अर्को फैसलामा अदालतले आरक्षणलाई ७ प्रतिशतमा झार्ने पछिल्लो फैसला गर्‍यो । तर त्यसबेलासम्म धेरै ढिलो भइसकेको थियो ।


 बङ्गलादेशको घटना लामो समयदेखिको राजनीतिक अस्थिरता, घात-प्रतिघात र भू- राजनीतिक दाउपेचको कारण भएको हो । आन्तरिक लोकतन्त्रको अभाव, जनतामाथि दमन र अदुरदर्शी नेताहरूको कारण बङ्गलादेशमा अशान्ति, हिंसा र राजनीतिक अन्यौल जारी रहेको छ ।

स्राेत: जनपत्रिका मासिक १४ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।