– नरेन्द्र कुमार
“मेरा युरोपका मान्छेहरू
मेरा अमेरिकाका मान्छेहरू
तिमी अचम्मित छौ
तिमी आँटिला छौ
फेरि पनि हातहरू गुमाएका
आफ्ना हातहरूजस्तै तिमीहरूलाई
मूर्ख बनाइन्छ
तिमीलाई कसैले
पटक-पटक धोका दिन्छ”
– नाजिम हिकमत
बुढो युरोप चिन्ताग्रस्त छ । मान्छेहरू उदास छन् । अचानक आएको यस्तो विपत्तिको उनीहरूले कल्पना पनि गरेका थिएनन् । सन् २०१२ मा स्टाण्डर एण्ड पुअर (क् बलम ए)का विश्लेषक मोस्तिज करेमरले अनुमान गरेका थिए कि युरोपेली समुदायको उत्पादन ५ प्रतिशतमा सङ्कुचित हुनेछ । निवृत्तिभरणको भरमा बाँच्नेहरूको दैनिक जीवन सङ्कटमा धकेलिएको छ । युरोपेली देशहरूको ऋणको सङ्कट २००८-०९ को आर्थिक सङ्कटभन्दा पनि भयावह हुनेछ । जस अनुसार २०१२ मा युरोपेली देशको अर्थव्यवस्थामा ३ प्रतिशतले सङ्कुचन आउनेछ ।
युरोपेली संघको जनसंख्या विभागको प्रतिवेदन अनुसार फरवरी २०१२ मा युरोपीयन संघमा बेरोजगारहरूको संख्या १ करोड ७१ लाख पुगेको छ । बेरोजगार वृद्धि दर १०.८ प्रतिशत पुगेको छ । गत वर्ष (एक वर्षअघि) बेरोजगार संख्या १ करोड ५६ लाख थियो । बेरोजगारको संख्या सबैभन्दा धेरै स्पेनमा २३.६ प्रतिशत पुगेको छ । जसमा २५ वर्षभन्दा कम उमेरका बेरोजगार युवाहरूको संख्या ५०.५ प्रतिशत रहेको छ ।
यद्यपि युरोपका श्रमिक जनताले क्रान्ति र सङ्घर्षको आफ्नो गौरवशाली इतिहास बिर्सेका छैनन् । जसको कारण सम्पत्ति गुमाएका मध्यम वर्ग चिन्तामा छन् भने श्रमिक जनता आन्दोलनको दिशामा छन् । विशेष गरेर ग्रीस, इटाली, फ्रान्स र स्पेनका जनता सडकमा मोर्चा कसेका छन् । यी सबै देशका आन्दोलनहरूको विषयमा अलग-अलग अध्ययन गरिनेछ । यहाँ युरोपको राजनीतिक तथा आर्थिक स्थितिले समाजमा पर्नसक्ने प्रभावहरूको विषयमा तुलनात्मक अध्ययन गरिनेछ । यसको प्रारम्भ अमेरिकापछि वित्तीय पुँजीको सबैभन्दा ठूलो केन्द्र ब्रिटेनबाट गर्नेछु ।
ऋण र आन्दोलनले घेरिएको ब्रिटेन
“ब्रिटिशका छोराहरू
यद्यपि यसबेला तिमी दास, परतन्त्र छौ ।
तिम्रा सृष्टि-कर्ता
ईश्वरले तिमीलाई स्वतन्त्र बनाएका थिए
उसबाट जीवन र स्वतन्त्रता पाएर
लाभान्वित भएका थिए सबै
तर उनले
कसैलाई पनि दास बनाएका थिएनन् ।”
–चार्टिस्ट आन्दोलनको गीत
सन् २०१०को आम निर्वाचन परिणाम आफैले ब्रिटेनको भयङ्कर आर्थिक सङ्कट बताउँछ । निर्वाचनले अर्थात् २५ लाख बेरोजगार मतदाताले स्वतन्त्र बजारको झण्डा बोक्ने कन्जरभेटिव र लेबर पार्टी नामका पुराना पार्टीहरूलाई पछाडि धकेलिदिए । लिबरल डेमोक्रेटिक पार्टीलाई पहिलेभन्दा बढि मत दिए । अनेक सरकारी सहयोग हुँदाहुँदै पनि विकासको दर १ प्रतिशत वरपर रह्यो । अनेक प्रकारका आशावादी तर्कहरू प्रचारमा ल्याइए पनि र त्यसप्रकारका अर्थशास्त्रीहरू पनि २०१२ भन्दा अगाडि आर्थिक सङ्कटबाट मुक्त हुन कठिन छ ।
ब्रिटेनको अर्थ व्यवस्थाको अध्ययन गर्दा घरजग्गा कारोबार, होटल व्यवसाय र सेवा क्षेत्रमा सबैभन्दा धेरै मन्दी छाएको छ । अर्थशास्त्रीहरूका अनुसार मन्दीबाट सुधारको प्रक्रिया मन्द र पीडादायी हुनेछ । ब्रिटेनका खासगरी साना कम्पनीहरूका लागि कठिन समय हुनेछ । आउने वर्षहरूमा गएको वर्षहरूमा भन्दा धेरै कम्पनीहरू टाट पल्टिन बाध्य हुनेछन् ।
धेरैजसो दलहरूले बिग्रिँदै गएको अवस्थालाई आफ्नो पक्षमा पार्न भरपुर प्रयोग गरे । लेबर पार्टीले स्थितिमा सुधार नहुञ्जेल सरकारी सहयोग जारी राख्ने प्रचार गर्यो । कञ्जरभेटिभ पार्टीले कर र सरकारी ऋणको बढ्दो भारी कम गर्ने तर्क गर्दै चुनावी नारा उराल्यो ।
जूलाई २०१० को दोस्रो सप्ताहमा नयाँ सरकारको नीतिहरू प्रकाश गर्ने क्रममा अर्थव्यवस्थामा सुधारको प्रक्रिया मन्द हुने खबरहरू आउन थाले । अर्थशास्त्री पावेल स्मिथले सरकारी खर्च कटौतीमाथि प्रतिक्रिया दिंदै त्यसले अर्थतन्त्रलाई थप सङ्कटतिर धकेल्छ भनेका थिए । ब्रिटेनमा अर्थव्यवस्थाको तीन चौथाई भाग सेवा-क्षेत्रको छ ।
जूलाई महिनामा अन्तर्राष्ट्रिय स्तरका अर्थशास्त्री राव कार्नेलले भनेका थिए कि विकसित अर्थव्यवस्थाहरूको ‘दोब्बर डिप्रिसेशन’ तिर जाने सम्भावनाको कारण ग्राहकहरूले आफ्नो पुँजी सम्भव भएसम्म नगद नै राख्न थालेका छन् ।
हाम्रा पाठकहरूले माथिका विरोधीहरूका तर्कहरूको अन्तर्यका तर्कहरूको अध्ययन गरे भने पुँजीवादको आन्तरिक अन्तरविरोध सहजै अनुभूत गर्न सक्छन् । यसले देखाउँछ कि पुँजीवादको यात्रा एकातिर खाल्डो र अर्कोतिर इनारको बिचमा फसेको छ । आजसम्मका सबै सुरक्षा कवच काम नलाग्ने भएका छन् । त्यस्तो स्थितिमा, ब्रिटेनका जनताको विकल्प दुईवटा पुराना पार्टीहरूलाई अस्वीकार गरे । लिबरल डेमोक्रेटिक पार्टीलाई सत्ताका नीतिहरू लागू गर्ने अवसर प्रदान गरे । यद्यपि यी तीनैवटा पार्टीसँग पुँजीपतिहरूका हितहरूमा कटौती गर्ने थोरै पनि साहस तथा इच्छा-शक्ति नै थिएन ।
ब्रिटेनको नयाँ सरकारले पनि त्यही गर्यो, जुन कार्य पुँजीवादले आफ्नो सङ्कट टार्न इतिहासमा गर्दै आएको थियो । ब्रिटिश सरकारले पुँजीपतिहरुको हितलाई सम्पूणर् रुपले सुरक्षा प्रदान गर्दै एक झड्कामा ५ लाख सरकारी कर्मचारीलाई सेवाबाट बर्खास्त गर्यो । शिक्षा र स्वास्थ्यमा सरकारी अनुदानमा ठूलो कटौती गरियो । विद्यालय र उच्च शिक्षाको शुल्कमा ठूलो मात्रामा वृद्धि गरियो । अनुदान कटौतीको परिणाम यस्तो भयो कि बिबिसी सेवाले कैयौं भाषाको प्रशारण सेवालाई बन्द गर्नुपर्यो । जसको शिकार गएको ८० वर्षदेखि जारी बिबिसीको हिन्दी संस्करण पनि भयो । पुँजीपतिहरूमाथि गरिएको यत्रो सरकारी सहयोग हुँदाहुँदै २००९ को पहिलो त्रैमासिकपछि कायम ०.४ प्रतिशतको विकास दरले बढ्दै गरेको अर्थव्यवस्था २०११ जनवरी आउँदा-आउँदै ०.५ प्रतिशतभन्दा तल झर्न थाल्यो ।
आर्थिक सङ्कटको समस्यामा परेका बेलायतका विद्यार्थी र मजदुर चुपचाप बसेनन् । २४ नोभेम्बर २०१० मा भएको शुल्क विरोधी तथा शैक्षिक अनुदान कटौती विरुद्ध सम्पूणर् शहरहरूमा भएका साना-ठूला प्रदर्शनमा १ लाख ३० हजार विद्यार्थीहरू सडकमा उत्रिए । विद्यार्थीहरूको आक्रोस यस्तो थियो कि आक्रोशित विद्यार्थी भीडले कञ्जरभेटिभ पार्टीको कार्यालयमा आक्रमण गर्यो । लिबरल डेमोक्रेटिक पार्टीले निर्वाचन जितेमा बढेको शुल्क घटाउने वाचा गरेको थियो । यद्यपि त्यही पार्टीको सरकारले चुनावी नारा विरुद्ध काम गरेपछि लिबरल डेमोक्रेटिक पार्टीका नेता तथा उपप्रधानमन्त्री निक क्लेगको पुतलालाई फाँसीमा झुण्ड्याएर आक्रोस पोखे ।
विद्यार्थीहरूको आन्दोलनसँगै मजदुर आन्दोलन पनि भड्किएको थियो । यातायात क्षेत्रका आक्रोशित मजदुरहरूले प्रिन्स हेनरीको विवाहको समयमा हड्ताल गर्ने निणर्य गरे । त्यो हड्तालले जनतालाई परस्पर विरोधी स्थितिको बारेमा सोच्ने आधार प्रदान गर्यो । एकातिर राजकुमारको विवाहमा करोडौं खर्च र अर्कोतिर दैनिक जीवनका आवश्यकताबाट बञ्चित विद्यार्थी र मजदुर । विभिन्न मजदुर सङ्गठनहरूले प्रतिरोध गठबन्धन (ब्ििष्बलअभ या च्भकष्कतबलअभ) को निर्माण गरे । उक्त गठबन्धनमध्येका एक एनाइटका नेता लेन मैक्लस्कीले गार्जियनसँगको अन्तरवार्तामा भने कि सिङ्गै देशभरी आक्रोस तीव्र रुपमा बढिरहेको छ । यस्तो आक्रोस हामीले पोलकरपछि पहिलो पटक देखेका छौं । उक्त आक्रोस २६ मार्च २०११ मा विद्यार्थी र मजदुरको देशव्यापी आन्दोलनको रुपमा विष्फोट भयो ।
देशव्यापी भएको आन्दोलनबाट तर्सिएको सरकारले सञ्चार माध्यमहरूलाई उक्त आन्दोलनको प्रचार नगर्न अपिल गर्यो । १९८० मा आयरल्याण्ड स्वतन्त्रता आन्दोलनको समाचारलाई स्थान नदिन मारग्रेट थेचरले जसरी नै सञ्चार माध्यमलाई हड्तालको समाचार प्रवाह नगर्न सरकारले व्यापक दबाव दियो ।
अगस्त २०११ को पहिलो सातमा बेरोजगार, निराश र पुँजीवादको वैकल्पिक व्यवस्थाको विषयमा बुझ्दै नबुझेको युवा पीढिको रिस र आक्रोस दङ्गाको रुपमा विष्फोट भयो । लण्डनसहित इङ्ल्याण्डका थुप्रै शहरहरू धुवाँको मुस्लोले ढाक्यो । त्यसपछि सरकार, घरानाका सञ्चार साधन, प्रशासन र न्यायालयसमेत एकजुट भएर आन्दोलन दबाउन थाले । पुँजीवादी पापको पीलो फुटेझैं भड्किएको हिंसामा सहभागी मात्र नभएर सामान्य युवामाथि पनि बर्बर दमन भयो । जनता त्यसबाट झन चिढिन थाले । शासक वर्ग, सञ्चार र कूलिन बुद्धिजीवीहरू कसैले पनि मन्दी र बेरोजगारीलाई हिंसाको कारक मानेनन् । बरु ब्रिटेन र युरोपका युवाहरूलाई लोककल्याणकारी राज्यको तर्फबाट काम नगरी दिइने सुविधा खाएर बस्ने बानी परेको छ । त्यसकारण त्यस्ता युवाहरूलाई पाठ सिकाउनै पर्दछ ।
यस्तो दमनकारी परिदृश्यको अध्ययनपछि ब्रिटेनको अर्थव्यवस्थाको अवस्था हेरौं । मन्दीका ३ वर्षमा ब्रिटेनमा किन्सवादी र नव-उदारवादी दुवै नीतिहरूलाई अवलम्बन गर्ने प्रयास गरियो । दुवै नीतिहरूको अन्तिम परिणाममा बेरोजगारी, गरिबी र शिक्षा प्राप्त गर्ने अधिकारबाट बञ्चित युवाहरूमाथि दमन तथा जेल भर्ने अपराध मात्र हात लाग्यो । एउटा अध्ययन प्रतिवेदन अनुसार आजको मितिसम्ममा १ जनालाई रोजगार दिंदा ८३ जना बेरोजगार स्नातक युवाहरू हुन्छन् । एउटा सिङ्गो युवा पिंढी पढाई गर्दा लिएको ऋणबाट चुर्लुम्म डुबेको छ । तर उनीहरूले रोजगारी पाउन सकेका छैनन् ।
१२ जनवरी २०१२ को हिन्दु दैनिकमा हसन सुरुरले लेख्नुभएको ‘नयाँ वर्षको खुशी मनाउनको लागि केही पनि छैन’ शिर्षकको लेख निकै मार्मिक थियो । जसमा बेलायतका आम जनताको निराशा र विनाशको कथाको मार्मिक वणर्न गरिएको छ । नयाँ वर्ष ती मान्छेहरूको लागि अर्को सङ्घर्ष र अभावपूणर् वर्षको रुपमा आयो । जसले जागिर गुमाए, उनीहरूले टाढा-टाढासम्म भविष्य देखेका छैनन् । जसको जागिर कायमै छ, उनीहरू पनि त्रसित छन् । किनकि कुनै पनि बेला जागिर गुम्न सक्छ । सरकारको जनसंख्या विभागको प्रतिवेदन अनुसार २०१२ मा बेलायतमा बेरोजगारीको संख्या ३० लाख पुगेको छ, जसमा सबैभन्दा बेहाल स्थिति १६ देखि २४ वर्ष बिचका युवाहरूको छ ।
२०११ नयाँ वर्षसँगै परिस्थितिमा सुधार आउने आशा मान्छेहरुले गरेका थिए । यद्यपि २०१२ मा चौतर्फी दुःख, आक्रोस र गहिरो निराशा व्याप्त रह्यो । एउटा सर्वेक्षण प्रतिवेदन अनुसार १० जनामध्ये एकजनाले मात्र अर्थतन्त्रमा सुधारको अनुमान गरेका थिए । निराश युवाहरूमा कूलतमा फस्ने समस्या बढेर गयो । एक सर्वेक्षणका अनुसार बाल-बच्चा भएका ३५ देखि ४४ वर्ष बिचका मान्छेमध्ये ७२ प्रतिशतले अर्थव्यवस्थामा सुधारको आशा गरेका छैनन् । विश्वको छैठौं ठूलो अर्थव्यवस्थाको स्थानबाट ब्रिटेन तल धकेलिएको छ र त्यो स्थानमा ब्राजिल आएको छ । लगातार आर्थिक सङ्कट झेलिरहेको बेलायतमा सामाजिक सम्बन्ध तीव्रतामा विघटन हुँदै गएको छ । परिवारमा समस्याहरू बढेका छन् । साना अपराधिक घटनाहरूमा तीव्र वृद्धि भएको छ ।
देश यस्तो दूर्दशाबाट चलिरहेको बेला ओलम्पिकमा ९ बिलियन पौण्ड किन खर्च गर्नुपर्यो भन्ने प्रश्न पनि जनताको बिचमा उठ्न थालेको छ । लिवि पर्वसले आक्रोस व्यक्त गर्दै त्यसलाई ९ बिलियन पौण्डको निजी पार्टी भनेका छन् । यसमा सम्पूणर् ब्रिटिश जनताको भावनाा व्यक्त भएको थियो । २८ सेप्टेम्बर २०११ मा गार्जियन अखबारमा छापिएको साइमन जेनकिन्सको लेख अनुसार मन्दीको समयमा बैंक अफ इङ्गल्याण्डले २०० बिलियन पौण्ड मुद्रा छाप्यो । प्रश्न उठाइयो कि त्यत्रो रकम कहाँ गयो ? र त्यसको फाइदा कसले उठायो ?
ब्रिटेनका कम्पनीहरूमा पहिलेदेखि नै ७०० बिलियन पौण्ड जम्मा भएर बसेको छ । जसलाई मन्दीको कारण लगानी गर्न पाएका छैनन् । लेबर पार्टीद्वारा किन्सलाई अपनाउनासाथ क्यमरुन नेतृत्वको सरकार न्यू लिबरल पार्टीले नीतिगत रुपमा नै सरकारी खर्चमा ठूलो कटौती गरेको छ । किन्स समर्थकहरू आक्रोशित भएका छन् । उनीहरूको दाबि अनुसार महङ्गी अझै बढ्नेछ । यद्यपि २०० बिलियन पौण्ड त तिनै पुँजीपतिहरूको पोल्टामा गयो जसले ७०० बिलियन पौण्ड मुठ्याएर बसेका थिए । अन्य देशमा अरबौं डलर लगानी गरेर बसेका पुँजीपतिहरूको पोल्टामा गयो । ऋणमा डुबेको युरोपियाली संघको अुनभव के छ भने पुँजीवादी व्यवस्थामा पैसा प्रवाह गर वा कटौती गर, जे गरे पनि आम जनताको भागमा अभाव, तनाव र दमन नै आइलाग्छ । जुन कुरा आज युरोप र अमेरिकी जनताले झेलिरहेका छन् ।
जीवनको भोगाई र अर्थव्यवस्थाको स्थितिले गर्दा बेलायतका जनताले चेतना स्तर र तर्कका दृष्टिले पुँजीवादको सीमाबाहिर निस्केर सोच्नु पर्ने चुनौती पैदा भएको छ । हामी त केवल आशावादी बन्न मात्र सक्दछौं । भविष्यमा उनीहरूले इतिहास तथा तर्क-विज्ञानको आधारमा सङ्कटग्रस्त पुँजीवादी व्यवस्थालाई बदलेर अग्रगामी व्यवस्थाको निर्माणको दिशामा बढ्न सकून् । किनकि पुँजीवादी व्यवस्थाको सीमाभित्र यो सङ्कटको कुनै पनि समाधान छैन ।
अनुवाद : अनिल सी
स्रोत : महामन्दी, नरेन्द्र कुमार
स्थान : देवचुली-१६, रजहर, नवलपुर
स्राेत: जनपत्रिका मासिक १४ अङ्क