प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) धनुषाका जिल्ला नेता चण्देश्वर नेपाली विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।
बिहीबार धनुषा जिल्लाकाे जनकपुरमा भएको कार्यक्रममा मधेस प्रदेशका इन्चार्ज तथा स्थायी समिति सदस्य अनिल सीले नेपालीलाई प्रवेश तथा स्वागत गराएका हुन् ।
नेपालीले बिहीबार नै माकेबाट राजीनामा दिएर नेकपामा प्रवेश गरेको विज्ञप्तिसमेत जारी गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा पार्टी पिबिएम देवनारायण सी, केन्द्रीय सदस्यहरू पवन सी, कमल सी, लाेकप्रिय नेता इन्द्रदेव यादवलगायत नेताहरूको उपस्थिति रहेको थियो ।
विदेह-८, बफ्फईका नेता नेपालीले सबै धनुषावासी क्रान्तिकारीलाई नेकपामा ध्रुविकरण हुन अपिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्