२० पुष २०८१, शनिबार

बैठकका निर्णय सार्वजनिक गर्न नेकपाले पत्रकार सम्मेलन गर्दै

0

काठमाडौँ – विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएको छ । नेकपाको मङ्‌सिर २७ गते सुरु भई पुस २ गते सम्पन्न नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएको हो ।

पुस १६ गते जमलस्थित राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलन गर्न लागिएको नेकपा स्थायी समिति सदस्य तथा प्रचार विभाग इन्चार्ज अनिल सीले बताए । उनका अनुसार पत्रकार सम्मेलन अपरान्ह १ बजे सुरु हुनेछ ।

आयोजक समितिले सहभागिताका लागि सबै सञ्चारकर्मीलाई निमन्त्रणा गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।