१४ माघ २०८१, सोमबार

सबै नेता टेस्टेड भए, अब यो देशलाई विप्लव चाहिन्छ : विष्णु शिवाकोटी

0

काठमाडौँ । नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघका अध्यक्ष विष्णु शिवाकोटीले नेपालका सबै नेताहरु टेस्टेड भइसकेकाले अब देश समाल्ने नेतृत्व विप्लव चाहिएको बताएका छन् ।
आइतबार काठमाडौंमा भएको ध्रुवीकरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघका अध्यक्ष शिवाकोटीले देश समाल्ने नेता विप्लव मात्र देखेको र विप्लव चाहिएको बताएका हुन् ।
उनले भने, सबै नेता टेस्ट भए, भ्रष्ट र दलाली गर्नेमा कोही पनि बाँकी रहेनन्, देशलाई चुसेर खोक्रो बनाए, देशले सक्षम नेता पाएन, केही गर्न सक्ने आसा लाग्दो नेता भनेको विप्लव हो, त्यो देखेर म आज यो पार्टीमा प्रवेश गर्दैछु, तपाई देशको नेतृत्व गर्नुहोस् विप्लव कमरेड ! हामी साथ दिन तयार छौँ ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघका अध्यक्ष शिवाकोटीले विप्लवको देश बनाउने विश्वास र जागर आफुले देखेको भन्दै विप्लवको उत्पादनको क्रान्ति उदाहरणीय भएको बताए ।
‘देशका ४६ वटा उद्योगहरु, नदी नालाहरु बेचेर खाने पार्टीहरुले देश र जनताको लागि केही गर्छन् भन्ने विश्वास छैन’ अध्यक्ष शिवाकोटीले भने, ‘युवाहरु विदेशीएका छन्, दैनिक एरपोर्टमा लासहरु आउँछ र रुवाबासी हुन्छ, वैदेशिक नीतिमा ह्रास छ, विकासमा गति छैन, भ्रष्टाचार मौलाएको छ, यस्तो अवस्थाले देश बन्दैन, बनाउने जस्तो नेता पनि म देख्दैन, त्यसैले पनि यो देशलाई विप्लव चाहिएको छ ।’
उनले चीन र सिंगापुरमा सहि नेतृत्व भएकाले धेरै विकास हुन पुगेको बताए । नेपालको जलश्रोत विदेशलाई दिने नेताहरु छन्, यो भनेको ‘सुनको कचौरा थापेर भिख मागे’ जस्तै हो उनले भने ।
उनले कुनैपनि हालमा नेपालको साधन श्रोत विदेशीलाई दिन नहुने भन्दै नेपाली जनताको लगानीमा विद्युत उत्पादन गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष शिवाकोटीले यातायता व्यवसायीहरुले नेपालको परिवर्तनका लागि एकपटक विप्लवलाई साथ दिन चाहेको स्पष्ट पार्दैे छिट्टै यातायात व्यवसायीहरुको प्रदेश र केन्द्रको अधिवेशनहरु हुने र त्यसमा साथ दिदै प्रमुख अतिथिको रुपमा विप्लव आईदिन हुन पनि आग्रह गरे ।
कार्यक्रममा नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघका अध्यक्ष शिवाकोटी, वरिष्ठ उपाध्यक्ष विक्रम सापकोटासहित करिव सयौँ व्यवसायीहरु नेकपामा प्रवेश गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।