आइतबार काठमाडौंमा नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघका अध्यक्ष तथा एमाले निकट विष्णु शिवाकोटी, वरिष्ठ उपाध्यक्ष विक्रम सापकोटासहित ५ दर्जन बढी व्यवसायीहरु नेकपामा प्रवेश गरेका छन् ।
प्रवेश गर्ने व्यवसायीहरुमा प्रलाद कार्की, तोक बहादुर खड्का, अनिल सिटौला, किरण लामा, विक्रम मण्डल, उद्धव पण्डित, सुशीला तामाङ, राना तामाङ, पुण्य प्रसाद बराल बिर बहादुर ढकाल परमात्मा शाही,जित बहादुर थापा, धन बहादुर तामाङ, उर्मिला प्रजापति, पुष्पराज पनेरु, कुमार रायमाझी, राजकुमार ठकुरी, विशाल घिमिरे, राम कुमार श्रेष्ठ, छवि निरौला, विर बहादुर मुक्तान, राजकुमार पुडासैनी, विपिन ठकुरी, विकास मगर, शुक्र मगर, नारायण गुरुङ, हिरा बहादुर मगर, विनोद बिमली लगायत ५ दर्जन भन्दा बढी रहेका छन् ।
नेकपामा प्रवेश गर्ने सबै जनालाई महासचिव विप्लव सीले स्वागत गर्दै हार्दिक बधाई दिएका छन् ।
उनले नेकपा मात्र देशको एकमात्र विकल्पको जनताको प्रतिनिधित्व गर्ने पार्टी भएकाले देशभर धुव्रीकरणको लहर चलेको बताए ।
यसअघि पनि काठमाडौँमा सयौँको संख्यामा नेकपामा ध्रुवीकरण भएका थिए । यस्तै नेकपाका महासचिव विप्लव सी पार्टी प्रशिक्षणका क्रममा देशभर जाँदै गर्दा कोशी प्रदेश, मधेस प्रदेश, गण्डक प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि सयौँको संख्यामा ध्रुवीकरण भएका थिए ।
प्रतिक्रिया दिनुहोस्