१४ बैशाख २०८१, शुक्रबार

आठविस नगर समितिको प्रथम सम्मेलन सम्पन्न

0

दैलेख । नेपाल कम्युनिस्ट पार्टी, दैलेख अन्तरगत आठविस नगर समितिको प्रथम सम्मेलन आज राकम कर्णाली वजारमा सम्पन्न भएको छ । सम्मेलनका प्रमुख अतिथि नेकपा दैलेखका सेक्रेटरी कमरेड कलम विश्वकर्मा (दिपेन्द्र) ले शेर वहादुर देउवा सरकारले माहासचिव विप्लव, पार्टी प्रवक्ता प्रकान्ड लगायतका नेताहरुको नाममा सँसदीय व्यवस्थाको ललितपुर अदालतवाट सावन १६ गते घोषणा गरेको पक्राउ पुर्जी जनताले खारेज गर्ने कुरा वताउनु भयो  ।

नेपालका दलाल शासकहरु र अमेरिकी साम्राज्यवादको षड्यन्त्रमा देशभक्त शक्ति विरुद्ध जारी गरिएको पक्राउ पुर्जी राष्ट्रघाति एमसिसि, एसपिपि, भ्रष्टाचार, महङी विरुद्ध सम्पुर्ण देशभक्त हरु एकजुट हुनुपर्ने कुरा उल्लेख गर्दै यहि भदौ ७ गते ४ कम्युनिस्ट पार्टीले घोषणा गरेको नेपाल वन्दलाई भव्य वनाउन सम्पुर्ण न्यायप्रेमी जनतालाई अनुरोध गर्नु भयो ।

सँसदीय व्यवस्थाका कारण देश राष्ट्रघात, भस्टाचार, महङीमा डुबेकाले देश वचाउने एउटै उपाय व्यवस्था परिवर्तन भएको कुरा वताउनु भयो र सँसदीय पुँजीवादी व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक रहेको कुरामा जोड गर्नु भयो । नेकपा दैलेख जिल्ला समिति सदस्य कमरेड प्रकाश, अखिल (क्रान्तिकारी) केन्द्रीय समिति सदस्य कमरेड उदय अतिथि रहनु भएको सम्मेलनको अध्यक्षता कमरेड विजुलीले र सँञ्चालन कमरेड तिलकले गर्नु भएको थियो । सम्मेलनवाट कमरेड कुशलको नेतृत्वमा १३ सदस्यीय नगर समिति निर्वाचित भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।