१३ बैशाख २०८१, बिहीबार

बागलुङमा जिल्ला सेक्रेटरी सहित १२ जना भन्दा बढी गिरफ्तार

0

विष्णु विश्वकर्मा, बागलुङ । नेकपाका १२ भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् । मंगलबार बिहान बाग्लुङ बजार बन्द गराउँदै हिँडेका जिल्ला सेक्रेटरी आकाश, सचिवालय सदस्य क्रान्ति, मगर मुक्ती मोर्चाका केन्द्रिय सदस्य नन्दराम पुन मगर सहितका टोलिलाई पक्राउ गरिएको हो ।

नेकपाका बाग्लुङ इन्चार्ज ध्रुव अधिकारी विप्लवले उनीहरूलाई बिनाकारण पक्राउ गरिएको बताएका छन् । बन्दको पूर्वघोषित कार्यक्रम रहेको भन्दै उनले गिरफ्तार गरिएका सबैको तत्काल रिहाइको माग गरेका छन् ।

सरकारसँग भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता र कार्यकर्तामाथि लगाइएका झुट्टा मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने, असमान सन्धि सम्झौता खारेज, महंगी भ्रष्टाचार नियन्त्रण लगायत माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले आज देशव्यापी बन्दको घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।