११ बैशाख २०८१, मंगलवार

नेकपाका प्रवक्ता चीन भ्रमण पश्चात स्वदेश फर्किए

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड १९ दिनको चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । नेपाल कम्युनिस्ट पार्टीको पहल र चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य प्रकाण्ड गत साउन २९ गते चाइना एयरको ४३८ को जहाँजबाट चीन प्रस्थान गरेका थिए ।

अहिलेको विषम विश्व र राष्ट्रिय राजनीतिक परिस्थितिमा गरिएको प्रवक्ता प्रकाण्डको चीन भ्रमणलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा बिशेष महत्वको साथ हेरिएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य प्रकाण्डको यो जनशैलीको भ्रमण संसदवादी राजनीतिक दल, तिनका नेता र सरकारका प्रतिनिधिले गर्ने भ्रमणभन्दा मौलिक दृष्टिले समेत भिन्न रुपमा हेरिएको छ किनभने देशमा आमूल परिवर्तनका लागि एकीकृत जनक्रान्ति संचालन गरिराखेको पार्टीका प्रवक्ताले चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

नेपालको राष्ट्रिय स्वाधीनताको मुद्दाले असाध्यै संबेदनशील अवस्थाको सामना गरिरहेको छ, दलाल संसदीय व्यवस्था र यसका संचालक पूर्णरुपमा असफल भएको र नेपाली जनताले परिवर्तन चाहिरहेको राष्ट्रिय परिस्थितिमा गरिएको यो भ्रमण बिशेष महत्वको रहेको जनाइएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य प्रकाण्डको यो भ्रमणलाई राष्ट्रघाती र दलालतत्वहरुले नकारात्मकरुपमा प्रस्तुत गर्ने कुचेष्टा गरे पनि नेपालका आमक्रान्तिकारी राजनीतिक दल, नेता र स्वाभिमानी नेपाली जनताले यो भ्रमण देश र जनताका लागि कोशेढुंगा सावित भएको विश्लेषण गरिएको छ ।
विश्व राजनीति र समसामयिक विषयहरूमा आधारित र जनताको अग्रगामी हितलाई केन्द्र भागमा राखेर गरिएको यो भ्रमण दुवै देश र जनताको निम्ति महत्वपूर्ण उपलब्धि भएको जनाइएको छ । प्रवक्ता प्रकाण्डको चीन भ्रमण जनताको अग्रगामी हितलाई प्रतिनिधित्व गर्ने दुवै कम्युनिष्ट पार्टीहरुबीचको प्रगाढ सम्बन्ध र सहकार्यलाई नयाँ उचाइमा उठाउन र विश्व शान्ति र मानव जातिको प्रगतिलाई सुनिश्चित गर्न दीर्घकालीनरुपमा महत्वपूर्ण रहेको देखिन्छ ।
चीन भ्रमण सकेर फर्किएका प्रवक्ता प्रकाण्डलाई नेकपाका नेता – कार्यकर्ताहरुले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।