१४ बैशाख २०८१, शुक्रबार

बीरजङ स्मृति युवा क्लव गठन

0

कपिलवस्तु । शिवगढी कपिलवस्तुमा चित्र बहादुर सेनको अध्याक्षतामा वसेको युवाहरुको भेलाले बियस चन्दको अध्यक्षतामा ५ जना पछी थप्ने गरेर २५ जनाको बीरजङ स्मृति युवा क्लव गठन भएको छ ।

कार्यक्रमका, प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा निर्माण विभागका ईञ्चार्ज अमर झक्री मगर (सन्जिव), अथितिहरुमा नेकपाका कपिलवस्तु जिल्ला सचिब कमल के सी, युवा सगठन नेपालका केन्र्दिय कोषाध्यक्ष विश्लेसन, शहिद परिवारका जिल्ला कोषाध्यक्ष भेग बहादुर थापा, अन्य अतिथिहरूमा सरस्वति मा.बि.का प्र.अ. बिक्रम के. सी., नेपाल आर्दश नि.मा.बि.का प्र.अ. यादव चन्द, सुन्दरी डाडा उच्च मा.बि.का शिक्षक नवीन मगर, खानेपानीका अध्यक्ष नन्दलाल पुरी, डोजो कराँतेका गुरु रामु सुनार, प्रभात बन समुदायिका अध्यक्ष सुवास सुनार, समाजसेवी पदम सुनार लगाएत गाउँका अन्य आदरनीए व्यक्तित्वहरु उपस्थितिमा वसेको भेलाले क्लवको गठन गरेको हो । भेलाले क्रमशः उपाध्यक्ष रामु सुनार, सचिव पदम सुनार, सहसचिव ज्ञानु बि. क., कोषअध्यक्ष सुकमाया बि.क., सदस्यहरूमा अबिनास रोका मगर, इश्वर गिरि, शान्ति शाही, सुवास दमै, विजय शाहा, रमेश थारू, दिपक निरौला, सुवास सुनार, तिलक चन्द, समिक्षा बिष्ट, थानेश्वर अर्याल, दिपक मल्ल, राजु के सी, चन्द्रराम थारु, हिमाल बि.क. र शिवराज थारू रहेका छन् ।

सल्लाकार संयोजकमा बिक्रम के.सी., सदस्यहरूमा नन्दलाल पुरी, चीत्र बहादुर सेन, यादब चन्द, नवीन मगर, रहनु भएको छ । बीरजङ शिबगढीको मात्र नभएर देशकै खम्बा सबैको प्यारो नेता अभिभाबक भएकोले र समाजमा अनगिन्ति कामहरू गर्नु भएकोले पनि उहाँको स्मृतिमा क्लव गर्नु भावी पुस्ताहरुलाई पनि प्रेरणा हुने धारणा अथितिहरुले राखेका थिए । यश शिबगढी गाउमा दाउराका पोल गाडेर उज्यालो ल्याउन सफल व्याक्ति, गाउँ गाउमा सुद्ध पीउने पानीको व्यावस्था गर्ने उनै जनपृय नेता बिरजङ थिए ।

अन्याए र अत्याचार संग, यश गाउमा ठूलो प्रतिकारको प्रतिकार गर्ने कमान्डर गर्ने टिमलाइ नेतूत्व गर्ने वीरजङ नै थिए ।धेरै छन सम्झन लायक कामहरू ।बीरजङ खेलाडी पनि हुनुहुन्थ्यो जन्ताको सधै चिन्ता गर्ने भएकोले यश ठाउ का युवा, महिला, वुद्धि जिबि, शिक्षक, सबैले बीरजङको सम्मानमा यो कलब आवश्यक ठानी क्लवको गठन गरिएको नव गठित क्लवले जनाएको छ ।

मान बहादुर देउवाले कार्यक्रम को सञ्चालन गर्नु भएको थियो भने स्वागत मन्तव्य रमेश चौधरीले गर्नु भएको थियो । छिटै कल्वको बैठक बसी महत्वपूर्ण निर्णयहरु गर्ने क्लवले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।