८ बैशाख २०८१, शनिबार

नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमको छैठौं जिल्ला सम्मेलन सम्पन्न

0

रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमको छैठौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट सेक्रेटरीमा चन्द्र बहादुर बुढा निर्वाचित भएका छन । नेकपा रुकुम पश्चिम् को छैठौं सम्मेलनले युवा नेता चन्द्र बहादुर बुढालाइ सेक्रेटरीमा चयन गर्दै २७ सदस्यीय जिल्ला समिती निर्वाचित गरेको नेकपा रुकुम पश्चिमले जनाएको छ ।


बुढा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘निलम्बित’ प्रमुख लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै कालोमोसो दलेर जनकारबाही गर्ने मध्यका एक युवा नेता हुन । अखिल (क्रान्तिकारी) तत्कालीन केन्द्रीय सदस्यको हैसियतमा रहदा उनिसंगै अर्का केन्द्रीय सदस्य प्रकाश शाही लगाएतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘निलम्बित’ प्रमुख लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै कालोमोसो दलेर जनकारबाही गरेका थिए । उक्त कालोमोसो घटनाले बुढा र शाहीलाई पार्टीपंक्तिमा परिचित बनाएको थियो । प्रमुखमाथि कालोमोसो प्रहार भएपछि प्रहरीले दुबै जनालाइ गिरफ्तार गरेको थियो । नेता शाही र बुढा झण्डै १ महिनापछि हिरासतबाट रिहाइ भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।