१३ बैशाख २०८१, बिहीबार

नेकपा स्याङ्जाको चौथो जिल्ला सम्मेलन सम्पन्न, सागरको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति निर्वाचित

0

स्याङ्जा । नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाको जिल्ला सम्मेलन आज सम्पन्न भएको छ । सम्मेलनले कमरेड सागर सेक्रेटरी रहने गरी १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । सम्मेलनको उद्घाटन गर्दै नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा स्याङ्जा, पर्वत जिल्ला ईन्चार्ज बिकिरणले दलाल पुँजीपति वर्गको ब्यबस्था भएकोले सर्वहारा वर्गको ब्यबस्था ल्याउनुपर्ने र त्यो ब्यबस्था वैज्ञानिक समाजवाद भएको बताउनुभयो ।

नेपालका गरिव जनताको जीवनस्तरमा तत्काल परिवर्तन ल्याउनुपर्ने खांचो भएको र सोहि अनुसार पार्टी अगाडि बढेको उल्लेख गर्नुभयो । एकातिर फुटवादी र अर्कोतिर संसदवादी दलहरुले प्रत्यक्ष अप्रत्यक्ष दलाल पुँजीपति र विदेशी हस्तक्षेपलाई फाईदा हुने  काम गरेकोले सच्चा देशभक्ति र राष्ट्रवादी शक्तिहरु एक भएर एमसीसी, एसपीपी, महँगी, भ्रष्ट्राचारी र कालावजारीहरुको अन्त्यको लागी एक भएर अगाडी वढ्नेवेला भएको वताउनुभयो ।

त्यसैगरी जनपत्रकार संगठन नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष तथा प्रकाशन विभागका सदस्य प्रकाश डुम्रेले जनअधिकार सुनिश्चित गर्न वृहत् बाम तथा प्रगतिशील शक्तिको एकता आवश्यक रहेको बताउनुभयो । डुम्रेले संसदीय दलहरूले देशको राजनीतिक निकास दिन नसकेको भन्दै वैकल्पिक शक्ति आवश्यकता भएको र त्यो शक्ति वैज्ञानिक समाजवाद स्थापनाको लागी लागेको पार्टी नेपाल कम्युनिस्ट पार्टी नै हुने जीकीर गरेका थिए ।

कार्यक्रममा सहिद तथा वेपता परिवारका जिल्ला संयोजक नारायण पराजुलीले सहिदहरुका सपनामा खेलवाड गर्न नहुने कुरामा जोड दिए । कार्यक्रममा पत्रकार शिव डुम्रेले क्रान्तिकारी शक्ति एकजुट हुन अनिवार्य रहेको बताए सहिद ओमप्रकाश भुषालका बुवा शालिकराम भुषाल लगायतका सहिद परिवारको उपस्थिति रहेको थियो ।

जिल्ला सेक्रेटरी सागरको अध्यक्षता र श्याम अर्यालको स्वागत मन्तव्य संगै शुरु भएको जिल्ला सम्मेलनले सागर सेक्रेटरी रहने गरि श्याम अर्याल, ध्रुव गौडेल, कमल आले लगाएतको १५ जनाको जिल्ला कमिटी निर्वाचित गरेको छ । खुला सत्रको कार्यक्रम संचालन ध्रुव गौडेलले गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।