
कास्की । बैज्ञानिक, प्रगतिशील र जनपक्षीय शिक्षा प्राणालिका लागि भन्दै संघर्स गर्दै आएको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी केन्द्रिय समितीले कास्कीको पोखराबाट गिरफ्तार गरिएका आफ्ना कार्यकर्ता अविलम्ब रिहा नगरे इटाको जवाफ पत्थरले दिने भन्दै राज्यको दमन र हस्ताक्षेप प्रति विरोध जनाएको छ ।
अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीले मङ्गलवार आफ्नो सामाजिक सञ्जाल फेसबुक स्टाटस मार्फत यस्तो चुनौती दिएका हुन । संसदिय निर्वाचन जनता र देशको पक्षमा नरहेको र अब जनताले व्यक्ति होइन व्यवस्था चुन्न पाउनु पर्ने भन्दै संगठनको विरोध कार्यक्रम अन्तर्गत मशाल जुलुस गर्ने क्रममा पि एन क्यामपस अध्यक्ष सचिन सी र नेता दिनेश साप्कोटालाई पोखराबाट गिरफ्तार गरिएको बताईएको छ ।
अध्यक्ष शाहीले लेखेका छन- “मशाल जुलुसको क्रममा गिरफ्तार गरिएका पी एन क्याम्पस अध्यक्ष सचिन सी र नेता दिनेश गिरफ्तार गरिएको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, उहाहरुलाई अविलम्ब रिहा गरियोस, अन्यथा इटाको जवाफ पत्थरले दिइने छ।”
Write to Indra Magar
प्रतिक्रिया दिनुहोस्