१५ बैशाख २०८१, शनिबार

याे ब्यवस्था साम्राज्यवादी र राष्ट्रघातीहरूले लादेकाे व्यवस्था हाे :शाहासी

0

२३ फागुन,कालिकाेट /नेपाल कम्युनिस्ट पार्टी कालिकाेटका जिल्ला सेक्रेटरी शाहासीले अहिले दलाल संसदीय पूजीवादी व्यवस्था महान जनयुद्ध र जनआन्दाेलनकाे विरुद्धमा साम्राज्यबादी र राष्ट्रघातीहरूले लादेकाे व्यावस्था भएकाे वताएका छन ।

मान्ममा मंगलवार भएकाे सहिद तथा बेपत्ता परिवारकाे सम्मान कार्यक्रमलाई सम्वाेधन गदै सेक्रेटरी शाहासीले यस्ताे कुरा वताएका हुन । सेक्रेटेरी शाहसीले याे ब्यवस्था जनता ठग्ने लुटने ब्यवस्था भएकाे भन्दै अन्त्य गर्नुकाे विकल्प नभएकाे वताए ।

उनले जनयुद्धलाई अपराधिकरण गर्ने षड्यन्त्र भएकाे भन्दै त्यस षड्यन्त्र विरूध अर्काे जनयुद्ध गर्ने चेताउनी दिए ।

कार्यक्रममा सहिद बेपत्ताहरूकाे सपना पूरा नभएकाे र नेकपाले पूरा गर्ने वताउदै उनले सहित तथा बेपत्ता परिवारलाई सम्मान गरे ।

कार्यक्रमकाे सभापतित्व सत्य सी ले गरेका थिए भने संचालन हस्त सी ले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।