८ कार्तिक २०८१, बिहीबार

दाङको कठाहा थारूगाउँमा विप्लवलाई भव्य स्वागत, सखिया नाचमा विप्लवसँगै नाचे गाउँले

0

दाङ/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीलाई दाङको कठाहाको थारूगाउँमा भव्य स्वागत गरिएको छ । दाङमा आयोजित विभिन्न राजनीतिक एवम् अन्य भेटघाटका लागि देउखुरी पुगेका विप्लवलाई राप्ती गाउँपालिका २ कठाहा गाउँमा थारु संस्कृतिसहितको भव्य बाजागाजा र फुलमालाले स्वागत गरेका छन् ।
थारू संस्कार र संस्कृति अनुसार सखिया नाच, बड्का नाच) ले स्वागत गरिएको हो ।
कठाहामा रहेको समाज सुधार युवा क्लबले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा विप्लव समेतसँगै गाउँलेहरु नाचेका थिए ।
कार्यक्रममा विप्लवले सम्बोधन गर्दै थारू संस्कृति नेपालको पुरानो र ऐतिहासिक संस्कृति रहेको बताए ।
उनलेे क्रान्तिकारी र प्रगतिशील आन्दोलनमा थारू समुदायको भूमिकाको चर्चा गर्दै समाजवादी आन्दोलनमा समेतमा भूमिका बढाउनु पर्नेमा विप्लवको जोड थियोे ।
विप्लवसँगै पार्टी स्थायी समिति सदस्य विषम सी, पिविएम ध्रुव सी, केन्द्रीय सदस्य सविन सी, अडिग सी, प्रकाश सी, पाटन सी लगायतका नेताहरूको सहभागिता रहेको थियोे ।
कार्यक्रममा देउखुरी आसपासका विभिन्न पार्टीका नेता कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको थियोे ।
कठाहा गाउँको सांस्कृतिक कार्यक्रम झलकहरु
तस्बिरमा

तस्बिर प्रकाश डुम्रे/हेमन्तप्रकाश वली


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।