१५ बैशाख २०८१, शनिबार

नेकपा सर्लाहीको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

0

साउन ४, सर्लाही । नेपाल कम्युनिष्ट पार्टी सर्लाहीको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला सेक्रेटरी कमलको अध्यक्षता, सर्लाही र रौतहट जिल्लाका ईन्चार्ज एवम् केन्द्रिय सदस्य मिसनको प्रमुख आतिथ्यतामा बैठक तथा प्रशिक्षण सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला ईन्चार्ज एवम् केन्द्रिय सदस्य मिसनले एकीकृत जनक्रान्तिको कार्यदिशा भनेको क्रान्ति पुरा गर्ने तिर रहेको भन्दै कोही विचलित हुदैमा क्रान्तिको वाँकी काम नरोकिने वताउनु भयो । पार्टीवाट केही खराव तत्व वाहिरिएको र त्यसले क्रान्तिकारी आन्दोलनको गति नरोकिने प्रष्ट्याउनु भयो ।

उहाँले आशन्न असोज १ गते बाट हुने नवौ महाधिबेसन केन्द्रित कार्यक्रमहरु सम्पन्न गर्न सम्पुर्ण पार्टी कमिटीहरु निर्भिकताका साथ लाग्न निर्देशन समेत दिनु भयो ।

प्रशिक्षण कार्यक्रममा जिल्ला पार्टी सदस्य डम्बर बहादुर रुचाल ‘बिष्णु’ले आफुले पार्टी नछोडेको बताउनु भएको छ । आफुलाई पार्टी छोडेको भन्ने गलत प्रचारको पछि नलाग्न आग्रह गर्दै विगत लामो समय देखि पार्टी कमिटीमै रहेको उहाँको बताउनु भयाे ।

प्रशिक्षण कार्यक्रममा जिल्लाका अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सर्लाही र रौतहट बिशेष जिल्ला समितीका सेक्रेटरी पवन महत्व, युवा संगठन नेपालका केन्द्रिय महासचिव बिधुसि, युवा संगठनका केन्द्रिय सदस्य तथा मधेश प्रदेसका ईन्चार्ज गोबिन्द चन्द, महिला नेत्री प्रमिला लामा राउत, चेलीमाया मगर लगाएतको आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।