३ मंसिर २०८१, सोमबार

माओ र स्तालिनबाट सिकाैँ

0

विपी कोइरालाले १०४ वर्षको राणा शासन हटाउन विद्रोहको नेतृत्व गरे । उसबेला नेपालको सामाजिक चेतना उदारपुँजीवादको पक्षमा थिएन । अन्धविश्वास, धार्मिक कट्टरता, पछौटेपन, सामन्ती हैकम समाजको यथार्थ थियो। काङ्ग्रेस पार्टी आफैमा राणा र सामन्तहरूको बर्चस्व भएको पार्टी थियो। भारत पनि राजतन्त्र हटाउने पक्षमा थिएन । विपी कोइरालाले
प्रगतिशील पुँजीवादको नेतृत्व गर्न सकेनन् । भारत राजदरबार र सिंहदरबारलाई लडाएर आफ्नो पकड बढाउन चाहन्थ्यो । भारतको स्वार्थ र विपी कोइरालाको दिशाहीनताको कारण पञ्चायती व्यवस्था आयो।
२०२८ सालमा झापा विद्रोहले सामन्तवादको विरुद्ध अर्को विद्रोह ग¥यो। त्यसमा २०२३ सालको चीनको साँस्कृतिक क्रान्ति र भारतको नक्सलवाडी विद्रोहको प्रभाव र प्रेरणा थियो। तर त्यो पनि धेरै अगाडि बढ्न सकेन । पुष्पलालले कम्युनिस्ट पार्टी स्थापनाबाहेक धेरै काम गर्न सकेनन्। २०४६–२०५१मा मदन भण्डारीले बहुदलीय जनवाद भनेका थिए । भण्डारीको निशानामा भारतीय साम्राज्यवाद र नोकरशाही पुँजीपति वर्ग थियो । उनी राजनीतिक रुपले काङ्ग्रेस विरुद्ध थिए । २०४७को खुलामञ्चको पहिलो भाषण र महाकाली सन्धि विरुद्ध प्रकट धारणाबाट त्यो विषय बुझ्न सकिन्थ्यो । त्यही कारण भण्डारीको हत्या भयो। माओ र स्तालिनबाट सिकौं पछिल्लो विद्रोह जनयुद्ध थियो । एक– दुई वर्ष मात्र लडाइँ लम्बिएको भए शाही अमेरिकी सेना विघटन हुन्थ्यो । जनयुद्धको विरुद्ध साम्राज्यवादी सेना आइसकेको थियो । राजनीतिक परिचालन (political move) गर्ने बहानामा १२ बुँदे सहमती गरे । खारा मोर्चा हारेपछि प्रचण्ड गले। निम्नपुँजीपति वर्ग एउटा हारलाई विजयमा पु¥याउने धैर्यता राख्दैन । उसले खारा मोर्चाको हारलाई सधैंको हार ठान्यो। जनयुद्धले देशभित्र राष्ट्रवाद र बाहिर साम्राज्यवाद विरोधी मोर्चा खोल्नु पर्दथ्यो। तर अन्तर्राष्ट्रिय मञ्चमा भारत र देशभित्र दलाल पुँजीवादसँग सहकार्य गर्ने नीति लिइयो। जनता नभड्कियोस् र प्रचण्डको ‘फेस सेभ’ गरिदिन बुर्जुवा गणतन्त्रसम्म गए । त्यही भएर ज्ञानेन्द्रले धोका भयो भनेका हुन् सक्छन्। किनकि दलहरू गणतन्त्रको पक्षमा थिएनन्। अमेरिकी संसदीय शक्ति र राजतन्त्रबिचमा सहकार्य गराउन चाहन्थ्यो। माओ त्सेतुङ र जोसेफ स्तालिनको अनुभवबाट सिक्ने कार्य भएन । चीनमा माओले जापानको आक्रमण भएपछि र रुसमा स्तालिनले हिटलरको आक्रमण भएपछि राष्ट्रिय एकता कायम गरेर राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व गरेका थिए । नेपालमा देशभक्त र क्रान्तिकारी धारको बिचमा एकता गर्ने र साम्राज्यवाद विरुद्ध लड्ने प्रयास नै भएन । यो मोर्चा खोल्ने दिशामा नेकपाले स्पष्ट नीति लिएको देखिन्छ । आवश्यकता त्यसलाई क्रियान्वयन गर्नुमा रहेको छ ।

स्राेत: जनपत्रिका माघ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।