१२ श्रावण २०८१, शनिबार

मिटरब्याज पीडितसँग चन्दा वा कुनेै प्रकारको सहयोग नलिन नेकपा मधेस प्रदेश इञ्चार्जको निर्देशन

0

धनुषा – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इञ्चार्ज अनिल सीले लघुवित्त पीडित र मिटर ब्याज पीडितसँग चन्दा वा अरु कुनै प्रकारको आर्थिक सहयोग नलिन निर्देशन दिएका छन् ।

आइतबार धनुषा जिल्लास्थित महेन्द्रनगर बजारमा भएको पार्टीको जिल्ला बैठकलाई सम्बोधन गर्दै नेता अनिलले पीडित जनतालाई थप पीडा हुनेगरि पीडितसँग पार्टीको नाममा नक्कली धन्दा चलेको जनगुनासो हटलाइनमार्फत प्राप्त भएकोले पीडितसँग चन्दा वा कुनै पनि प्रकारको सहयोग नलिन निर्देशन दिएका हुन् ।

लघुवित्त र मिटरब्याजी पीडीतसँग चन्दा लिएको गुनासो आए आफ्नै पार्टीका नेता-कार्यकर्तालाईसमेत कारवाहीको दायरामा ल्याउँने नेता अनिल सीले बताए ।

त्यस्ता कार्यमा संलग्न नेता कार्यकर्ताहरुलाई चेतावनी दिँदै उनले भने, ‘पीडित जनतालाई थप पीडा हुनेगरि पीडितसँग पार्टीको नाममा नक्कली धन्दा चलेको जनगुनासो हटलाइनमार्फत प्राप्त भएको छ त्यस्तो प्रमाणित भए कारवाही हुन्छ ।”

बैठकमा सहभागी एक नेताका अनुसार महेन्द्रनगर बजारमा भएको पार्टीको जिल्ला बैठकमा जिल्ला सदस्यहरु राजकुमारी राम, मन्जिरा लामा, चन्दर ठाकुर र प्रमिला सीको गुनासोलाई लक्षित गर्दै नेता अनिलले यस्तो निर्देशन दिएको बुझिएको छ।

यसअघि पनि लघुवित्त पीडित र मिटर ब्याज पीडितसँग चन्दा मागेको गुनासो आएपछि नेकपा मधेस प्रदेशले लघुवित्त र मिटरब्याज पीडितसँग चन्दा वा आर्थिक लाभ नलिने निर्देशन जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।