२३ भाद्र २०८१, आईतवार

कालिकोटका दुई युवामाथि कुटपिट गर्ने व्यक्तिमाथि कडा कार्वाही गर्न नेकपाको माग

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जिल्लाको पलाँता गाउँपालिका ९ निवासी डबल सुनार र मान सुनारमाथि जातीय विभेदजन्य अपमानजनक शब्द प्रयोग गरी कुटपिट गरिएको घटनाप्रति घोर आपत्ति जनाउदै दोषिमाथि कडा कार्वाही गर्न माग गरेको छ ।
नेकपाका जिल्ला इन्चार्ज विवेक सी र सेक्रेटरी बलवान सीले मंगलवार एक प्रेश विज्ञप्ति जारी गर्दै सुनार थरका दलित दुई युवालाई ‘डुमकोमारा’को अपमानजनक शव्द प्रयोग गरी गम्भीर घाईते हुने गरी कुटपिट गरिएकाले घटनामा संलग्न दोषिमाथि कानुन वमोजिम कडा कार्वाही गर्न माग गरेका हुन् ।
नेकपाले पीडितलाई उचित न्याय सहित स्वास्थ्य उपचार गरिनु पर्ने पनि जोडदार माग गरेको छ ।
नेकपाले २०८१ साल असार १० गतेका दिन घट्ट पिसेर घरतिर जानेक्रममा थ्रिपुका हर्ष बहादुर बम,नर बहादुर बम सहितका ६ जनाको समूहले डुम कोमारा मेरो भारी बोक्नुपर्छ भनेर डबल र मान सुनारलाई दबाव दिएको र भारी नबोकेपछि फलामको रडले हालेर उनीहरुलाई घाईते बताएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ ‘पलाँता गाउँपालिका वडा नम्वर ९ थ्रिुपका हर्ष बहादुर बम र नरबहादुर बम लगायत ६ जनाले जातीय विभेदजन्य सामान्ती सोचबाट आक्रमण गरी डबल सुनारको आँखामा र मान सुनाारको घाँटीमा गम्भीर चोट लागेको छ । हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी कालिकोट उक्त अपराधजन्य घटनाको घोर भत्सर्ना गर्दछ ।’
विज्ञप्तिको पूर्ण पाठ-


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।