३ आश्विन २०८१, बिहीबार

नेता-कार्यकर्ता, पार्टी र देशलाई आत्मनिर्भर बनाउन नेकपा नुवाकोटले उत्पादनमा जाेड दिदै

0

नुवाकोट: नेपाल कम्युनिस्ट पार्टीका नुवाकोट जिल्ला इन्चार्ज सिर्जन सीले नेता, कार्यकर्ता, पार्टी र देशलाई आत्मनिर्भर बनाउन उत्पादनमा जोडिन जरुरी भएको बताएका छन् ।

उनलेे भने, ‘आत्मनिर्भर पार्टी, आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर देशको नारा लिएर नेकपा उत्पादन कार्यमा लागिरहेको छ । यसले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा सकारात्मक सन्देश पनि दिएको छ । राजनीतिक दलहरु भन्दा नेकपाले पृथक रुपमा राजनीति गर्दै आएको छ । हिमालमा स्याउ, डोटीमा सुन्तला र पूर्वमा चिया खेती लगायत देशभर कृषि उत्पादन गर्दै आएको छ ।
बसेर खाने र गफ चुटेर बस्नेहरुलाई पनि श्रमसंग जोड्न बाध्य बनाएको छ, चन्दा उठाएर खाने र काम गर्न डराउने जस्ता आरोप लगाउनेहरुका लागि जवाफ पनि दिएको छ ।’
श्रम र उत्पादनको नीतिले पार्टी देशमा उदाहरणीय बनेको भन्दै उनलेे पार्टीले यसलाई वैज्ञानिक समाजवादको भ्रुणका रुपमा लिएको समेत दाबी गरे । दलाली र भ्रष्टाचारको अन्त्य गर्न पार्टी उत्पादनमा जुटेको र पार्टीले लिएको उत्पादनको नीतिले देशमा उत्पादन बढाएर पार्टीलाई आत्मनिर्भर बनाउने र देशलाई समृद्ध बनाउने उद्देश्यका साथ क्रान्तिसँगै उत्पादनको क्षेत्रलाई पार्टीले अगाडि बढाएको उनले जिकिर गरे ।
नेता सिर्जनले अहिलेकाे व्यवस्था आयातमुखी भएको, रेमिट्यान्सको भर पर्नुपर्ने र सबै कुरामा परनिर्भर मात्र भएकाले नेकपाका नेता कार्यकर्ता स्थानीय जनताको सहभागितासहित आफ्नाे पार्टी उत्पादनमा लागिरहेको बताए ।
धान राेपाई कार्यक्रममा पार्टीका जिल्ला सेक्रेटरी आरपि सी, युवा संगठन नेपालका केन्द्रिय सचिवलय सदस्य तथा जिल्ला इन्चार्ज जीवन सी लगायत स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।