३१ भाद्र २०८१, सोमबार

बासवारी छाला–जुत्ता कारखाना संचालन गर्न माग गर्दै युवा संगठनको प्रदर्शन

0

काठमाडौं – युवा संगठन नेपालले बासवारी छाला–जुत्ता कारखाना संचालन गर्न माग गर्दै बासवारीमा दबाव तथा प्रदर्शन गरेको छ । आइतबार युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीको नेतृत्वमा गएको युवाको टोलीले प्रदर्शन गरेको हो ।

प्रदर्शनपछिको कोणसभालाई सम्वोधन गर्दै अध्यक्ष दिनेशले बासवारी छाला–जुत्ता कारखाना तत्काल संचालन गर्न माग गरे । उनले दैनिक नेपाली युवाहरु वैदेशिक रोजगारीमा गइरहेको बताउँदै यसलाई रोक्नका लागि बन्द भएका उद्योगहरु संचालन गर्नुपर्नेमा जोड दिए । नेपाली युवाहरु विदेशिनुले नेपालको दलाल सरकारको चरित्र उदाङ्गिएको उनको भनाई थियो ।

देशमा युवाहरुलाई रोजगारीको ग्यारेन्टी गर्ने हो भने प्रशस्त मात्रामा राज्यले बन्द रहेका र नयाँ उद्योग खोल्नु पर्ने उनको भनाई थियो । यसरी उद्योग संचालन गर्नका लागि दलाल सरकारको औकात नभएकाले नेपाली विशेषताको समाजवाद ल्याउनु पर्ने उनको धारणा थियो ।

विप्लवले नेतृत्व गरेको नेकपाले मात्र उद्योगहरु संचालन गरेर युवालाई नेपालमै रोक्न सक्ने क्षमता रहेको बताउँदै उनले यसका लागि सबै युवाहरु नेकपामा लामबद्ध हुनुपर्ने बताए । कार्यक्रमको संचालक युवा संगठन नेपालका उपाध्यक्ष तथा वागमती प्रदेशका इन्चार्ज विश्लेषणले गरेका थिए । कार्यक्रममा केन्द्रिय सचिव अनिल सी लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।