३ आश्विन २०८१, बिहीबार

नेकपा गोरखाको पाँचौ पूर्ण बैठक सम्पन्न, इमानदारीका साथ कार्यक्षेत्रमा खट्न निर्देशन

0

गोरखा – नेपाल कम्युनिस्ट पार्टी गोरखा जिल्लाको पाँचौ पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार गोरखा सदरमुकाममा केन्द्रीय प्रतिनिधि सदस्य तथा जिल्ला सेक्रेटरी काजी सी र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कपिल सीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकले गोरखा नगरपालिकाको सेक्रेटरी तथा कार्यालय सचिवको जिम्मेवारी कृष्ण सीलाई तोकेको छ, भने जनवर्गिय संगठन र पालिकाहरुको बैठक ठोस गरेको छ ।
समाजवादी मोर्चा, संघर्ष लगाएतका कार्यकमहरु पनि बैठकले तय गरेको सेक्रेटरी तथा केन्द्रीय प्रतिनिधि समिति सदस्य काजी सीले बताएका छन् ।
बैठकलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै जिल्ला इन्चार्ज कपिल सीले पछिल्लो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति नेकपाले विश्लेषण गरेको भन्दा फरक नभएको बताए ।
उनले भने,” हाम्रो पार्टीले नेपालमा अहिले जुन राजनितिक उतारचढाव र वैदेशिक हस्तक्षेप बढेको छ त्यो नेकपाले धेरै अगाडि नै यो संश्लेषण गरेको हुनाले हाम्रा लागि खासै नयाँ कुरा होइन र यसको सम्भावित खतरा रोक्न आन्दोलनका कार्यक्रमसमेत ठोस गरिसकेको छ ।”
त्यस्तै बैठकलाई सम्बोधन गर्दै सेक्रेटरी काजी सीले आशावादी, उत्साह र उच्च मनोबलका साथ कार्य क्षेत्रमा पार्टीको मिसनलाई जनतासामु पुर्याउन इमानदारीताका साथ लाग्न निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।