३० आश्विन २०८१, बुधबार

बासुदेव थापाकाे निधनप्रति महासचिव विप्लवद्वारा दु:ख व्यक्त

0

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पार्टीका केन्द्रीय सदस्य आजाद सेनका बुवा बासुदेव थापाको उपचारको क्रममा यहीँ १९ गते भएको असामयिक निधनप्रति दु:ख व्यक्त गरेका छन् ।
महासचिव विप्लवले शोक वक्तव्य जारी गरि उहाँको निधनले सम्पूर्ण पार्टी पंक्तिलाई दुःखी एवं मर्माहित बनाएको भन्दै आदरणीय बुवा बासुदेवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै आजाद सेनलगायत सम्पूर्ण शोक सन्तप्त परिवारजनहरुप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
वि.सं. १९९३ चैत ५ गते जन्मेका थापाको यहीँ असाेज १९ गते उपचारका क्रममा अस्पतालमा निधन भएको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।