२५ मंसिर २०८१, मंगलवार

अखिल (समाजवादी) नारायणी-मधेस प्रदेशद्वारा आलु रोपाइँ सम्पन्न

0

अखिल (समाजवादी) नारायणी-मधेस प्रदेशले आज चितवनमा आलु रोपाइँ सम्पन्न गरेको छ ।

माडी नगरपालिका ४ चितवनमा समाजवादीले ५ क्विन्टल आलु रोपेको हो ।

नेता कार्यकर्ता र सङ्गठनलाई आत्मनिर्भर गराउने उद्देश्यले नेकपाले सिङ्गो पार्टी, भातृ संगठनलाई उत्पादनमा जोडेको छ । त्यसै अन्तर्गत अखिल (समाजवादी) नारायणी-मधेस  प्रदेशले उत्पादनमा भाग लिएको हो ।

आलु रोप्दै कम्युनिस्ट विद्यार्थीहरु उत्पादन संघर्षबाट प्राप्त हुने ज्ञानबाट पनि दिक्षित हुनुपर्ने भन्दै सबै विद्यार्थीहरु उत्पादनमा सहभागी हुनुपर्ने प्रदेश इन्चार्ज तथा केन्द्रिय सचिव अटल सीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।