२६ बैशाख २०८१, बुधबार

बाटोमा राजनीति नगर्न ईलाम नेकपाले चुलाचुलिमा दियो चेतावनी

बिप्लव नेतृत्वको नेकपाले चासो दिंदै चुलाचुलीका जनताको मनोभावना नबुझेर मनपरी गरिए जनता उठाएर संघर्स गर्ने

0

ईलाम । चुलाचुली ईलामको ५,४,३,२,१ हुँदै निर्माणाधिन अवस्थामा रहेको मदन भण्डारी राष्ट्रीय राजमार्गको बिषयमा बिभिन्न समाचार आउन थालेपछी आज नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा चुलाचुली गांउ कमिटी ईलामले एक बिज्ञप्ती जारी गर्दै आफ्नो धारणा सार्वजानिक गरेको छ ।

पार्टीका चुलाचुली इन्चार्ज हुकुम मल्ल द्वारा हस्ताक्षरित बिज्ञप्तीमा पहिला जहाँ बाट सर्भे भएको हो त्यंही बाट निर्माण कार्य गर्न भनिएको छ । चुलाचुलिमा एमालेका सुवास नेम्बाङ र काँग्रेस बीच कसले जस लिने र मतदाता फकाउने वा भड्काउने खेल भएको स्थानिय जनताको बुझाई रहेको छ ।

बिप्लव नेतृत्वको नेकपाले चासो दिंदै चुलाचुलीका जनताको मनोभावना नबुझेर मनपरी गरिए जनता उठाएर संघर्स गर्ने कुरा बिज्ञप्ती मार्फत भनेको छ ।
बिज्ञप्ती यस्तो रहेको छ :
प्रेष—बिज्ञप्ति
यस चुलाचुली गाँउपालिकाको वडा नं। ५,४,३,२,१ हुंदै निर्माणाधिन अवस्थामा रहेको मदन भण्डारी राष्ट्रिय राजमार्ग पुरानो सर्भे र प्राबिधीक स्टिमेट अनुसार रतुवा पुलको कार्य सम्पन्न अवस्थामा रहेको र अन्य पुलको पनि ६० प्रतिशत जति निर्माण कार्य पुरा भैसकेको अबस्थामा हाल यस योजनालाई अन्यत्र स्थानान्तरण गर्न खोजिएको भनि गरिएको संम्प्रेशित समाचारले हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।

कुनै अमुक पार्टी र नेता बिशेष चलखेलको आधारमा सिंगो चुलाचुलीबासी लाई नै प्रभावीत गर्नेगरी गर्न खोजिएको दुरासयपुर्ण कार्य तत्काल बन्द गरी निर्माणधिन अवस्थामा रहेको काम सम्पन्न गर्न हाम्रो पार्टी सम्बन्धित सरोकारवालाहरुलाई अनुरोध गर्दछ । जनताको तर्फबाट आएको यो मागलाई बेवास्ता गरिए कडा जनसंघर्ष अगाडी बढाईने यसै बिज्ञप्ति मार्फत जानकारी गराईन्छ ।

नोट — हाल चर्चामा आएको मार्चेबुङ महमाई सडकको अबधारणा पनि बैज्ञानिक नै रहेको हाम्रो निष्कर्स रहेको छ । तसर्थ यस सडक खण्डलाई बैकल्पिक मार्गको रुपमा राखी अनिवार्य कार्य अगाडी बढाउन हाम्रो पार्टी सरोकारवालाहरुलाई बिशेष अनुरोध गर्दछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।