
कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाको रुप्साको अदेलाबाट करिब ४ घण्टाको पैदल यात्राबाट चिसापानी पुगिन्छ । चिसापानीको चारैतिर सेताम्य हिमश्रंखलाहरु छन् । फागुन १६ गते चिसापानी पुगेर भेडार्फम उद्घाटन गर्ने नेकपा महासचिव विप्लवको योजना थियो । जसका लागि रास्कोटको विशाल जनसभालाई सम्बोधन गरेर फागुन १५ गते विहान खाना खाएर रुप्सातिर हिडेका थिए । ठाउँ ठाँउमा स्वागत तथा सम्मानका कारण राति ८ बजे मात्र अबेला पुगे । फागुन १६ गते भेडाफर्म उद्घाटन गर्ने भनिएकाले पनि त्यहाँ पुग्नै पर्ने थियो । १६ गते विहानदेखि साँझसम्म निरन्तर पानी परेकाले भेडाफर्म उद्घाटन हुन सकेन । विप्लव एक दिन ढिलागरी फागुन १७ गते मात्र भेडाफर्म उद्घाटन गर्ने निधोमा पुगे ।
फागुन १७ गतेको विहान मिरमिरे उज्यालो भयो । बर्षापनि विस्तारै उज्यालोको गतिसंगै रोकिदै गयो । मौसम सफा र उज्यालो हुँदा विप्लव लगायतको टिम खुसी थियो । सबै टिम खाना आएर साढे ९ बजे चिसापानी भन्ने ठाउँतिर लाग्यो । खोलै खोलाको यात्रामा विप्लव रमाउदै ठाउँ ठाउँमा फाेटो खिच्दै हिड्न थाले । बाटो सजिलो थिएन । खोलाका अप्ठ्यारा ढुङ्गासंग रड्दै पड्दै अविराम हिडिरहे । बाटो असजिलो भएपनि विप्लवमा उत्साह कमी थिएन । यात्रामा विप्लवसहित उनको साथमा पत्नी शोभा, स्थायी समिति सदस्य सन्तोष सी, भरत सी, लगायतका नेता कार्यकर्ता र जनताहरु सहभागी थिए । जनयुद्धको समयमा हिडेका बाटाहरु भएको भन्दै विप्लवले पटक पटक स्मरण गर्दै थिए । जनयुद्धको झ–झल्को दिने गरी खोलामा लस्करै हिडिरहेका थिए । निरन्तरको यात्रासंगै कुनै थकान विना विप्लव सहितको टिम दिउँसो १ बजे चिसापानी पुग्यो ।
वरपरका उच्च पहाडहरु हिँउले सेताम्य थिए । चिसापानीको हावा र पानी पनि चिसै थियो । त्यहाँको थोरै भएपनि समथर फाँटमा भेडाहरुले सेताम्य नै थियो । भेडाहरु आफ्नै चरनमा व्यस्त थिए ।
उनीहरु भ्या-भ्या गर्दै चरिरहेका थिए । ती भेडामात्र थिएनन् कृषि क्रान्तिका सिपाही थिए । एकीकृत जनक्रान्तिका सिपाही थिए । पार्टीको आत्मनिर्भर अर्थतन्त्रको अभियानका सम्वाहक थिए । जसले गर्दा भ्या-भ्या.. होइन क्रान्ति क्रान्ति.. भनेर भेडाहरु भनिरहेका थिए । उनीहरु अरु भेडा भन्दा निकै आकास जमिनको फरकमा थिए । जहाँ कम्युनिष्ट पार्टीको असल विचार र भिजनसहितको भेडा थिए ।
केही समयपछि भेडाफर्म उद्घाटनको तयारी भयो । त्रिवेणी साझेदारी भेडाफर्मको नामाकरण राखिएको रहेछ । त्यसको अध्यक्ष ध्रुव सी बनाइएका थिए । उनले वरपर तितर वितर भएका भेडाहरु उद्घाटन कार्यक्रम नजिक ल्याए । भेडाहरु भ्या-भ्या गर्दै थिए । भेडा सुरक्षामा राखिएका कुकुरहरु कु कु भ्याउ भ्याउ गर्दै थिए । राता झण्डाहरु वरपर फरफराईरहेका थिए । चारैतिरका सेताम्य हिमालहरु थप चम्किरहेका थिए ।
कार्यक्रमको नेकपा केन्द्रीय सदस्य विवेक सीले संचालन गरे । नेकपा केन्द्रीय अर्थ विभागको आयोजना भएकाले पनि सन्तोष सी सभाअध्यक्ष भए । कार्यक्रमको प्रमुख अतिथि महासचिव विप्लव भए । अतिथिहरु सहिद परिवारबाट चम्फ बाेगटी, कांग्रेस प्रतिनिधिबाट हरी बाेगटी, वडासचिव पर्व बाेगटी, युवा संगठन नेपालका अध्यक्ष दिनेश सी र जनपत्रकार संगठनका सचिव वसन्त विक भए । कार्यक्रममा भेडाफर्मका अध्यक्ष ध्रुवले स्वागत मन्तव्य दिदै सबैलाई एकपटक भावुक बनाए । उनले पार्टीको योजना अनुसार आफू भेडाफर्ममा खटिएको बताए । उनले पहिलेको पनि भेडीगोठाला थिए तर पहिलेको भन्दा अहिलेको भेडी गोठालामा म निकै फरक छु भने ।
महासचिव विप्लवले भेडाफर्मको व्यानर पढेर र भेडा अगाडि राखेर हातले छुदै उद्घाटन गर्दै नेपाली युवाहरुले मरुभूमिका भेडा पाल्ने नभएर नेपालमै भेडा पाल्न अपिल गरे । उनले भेडाको बथानको बिचमा लठ्ठी समातेर उभिदै आफू नेपाली जनताको हितको लागि भेडीगोठालो हुन तयार भएको संकेत गरे । जनताको लागि गोरु जस्तै जोतिएर सेवा गर्ने इच्छा व्यक्त गरिरहेका विप्लवले भेडी गोठालो भएर पनि जनसेवा गर्न तयार छु भनेर बताए । उनले मन्तव्यका क्रममा भने ‘नेपालमा भेडा हेर्न चाहदैनौ तर विदेश गएर त्यही काम गर्छौ, नेपालमा पसिना बगाउन चाहादैनौ तर खाडीमा त्यही काम गर्न तयार हुन्छौ, हामी त्यो अन्त्य गर्न चाहन्छौँ ।’ उनले उत्पीडित दलित, महिला,सुकुम्वासी, जनजातिको अधिकार अझै नपाइएको जिकिर गरे ।
देश र जनताको पूर्ण अधिकारको ग्यारेण्टी गर्ने व्यवस्था समाजवाद चाहिएको विप्लवले भने । उनले समाजवादको अभ्यासको लागि नेकपा आर्थिक उत्पादनमा देशभर लागेको बताए । उनले भने ‘हामी जुम्लामा स्याउ रोपेर आएको छौ, तराईमा धान र तरकारी रोपेका छौ, आफ्नै सी व्यापार केन्द्र छ, गार्मेन्ट उद्योग छ , यो नेता कार्यकता, देश र जनताको आत्मनिर्भरताका लागि हो ।’
हामी सबै स्वदेशमै काम गरौं, आत्मनिर्भर बनौं, विदेशमा पसिना नबगौं भन्न चाहान्छौ विप्लवले भने । उनले नेकपाको भेडा अरु भन्दा फरक भेडा भएको दाबी गरे । भेडा जसले पनि पाल्न सक्छन तर नेकपाले पाल्ने भेडा फरक छन विप्लवले भने ।
कार्यक्रममा नेकपा स्थायी समिति सदस्य भरत सीले पनि शुभकामना दिदै कृषि क्रान्तिमा अरु भन्दा नेकपाको भेडा फरक भएको बताए । उनले गफ गर्ने पार्टी र नेता होइन काम गर्ने पार्टी र नेता चाहिएकोे बताउदै त्यो नेकपा र विप्लवबाट मात्र सम्भव हुने बताए ।
शुभकामना दिदै युवा संगठन नेपालका अध्यक्ष दिनेश सी, पत्रकार वसन्त विक, सहिद परिवार चम्फ बाेगटी, कांग्रेस प्रतिनिधि हरी बाेगटी, वडासचिव पर्व बाेगटीले नेकपाको कदमलाई स्वागत गर्दै धन्यवाद दिए ।
उनीहरुले नेकपाको जस्तो काम अरु कुनैले पनि गर्न नसक्ने जिकिर गर्दै नेकपाको काममा सफलता मिलिरहोस् भन्ने शुभकामना दिए । यसो भनिरहदा त्यहाँ कुनै भेडाफर्मको उद्घाटन मात्र थिएन त्यहाँ त समाजवादको फर्म पनि उद्घाटन हुँदै थियो । अनि एकीकृत जनक्रान्तिको कार्यदिशा कार्यान्वयनको फर्म पनि थियो । जसलाई केहीले सजिलै बुझेका थिए भने केहीले सजिलै बुझन सकिरहेका थिएनन् ।
नेकपा के भेडापालन गरेर मात्र सत्ता ल्याउन सक्छ ? नेकपा के स्याउ रोपेर समाजवादमा पुग्न सक्छ ? यस्तै जिज्ञासाहरु केहीका मनमा थिए । रुप्साका स्थानीय तथा सहिद परिवार चम्फ बाेगटीले यही भने । तर यस्ता प्रश्नहरुको उत्तर विप्लवले बुझाउने प्रयास पनि गरे । रुप्साका अर्का स्थानीय ६२ बर्षिय मन बहादुर बोगटीले भने ‘विप्लवको कदमप्रति हार्दिक बधाई छ, कृषि क्रान्तिले नै समाजवाद आउने विश्वास लिन सकिन्छ’ । उनले सिंगो पार्टीलाई कृषि क्रान्तिमा लागेकोमा धन्यवाद दिए । नेकपाले नरहरीनाथ गाउँपालिका ५ रुप्साका रामबहादुर बाेगटीका ९० वटा भेडा २०८१ कार्तिक १६ गते २० लाखमा किनेको थियो । भेडा किने पछि भेडाफर्म नै दर्ता गरेको नेकपाले महासचिव विप्लवकै उपस्थितिमा फागनु १७ गते औपचारिक उद्घाटन गरेको हो । नेकपाका भेडाफर्मका अध्यक्ष ध्रुवका अनुसार अहिले फर्ममा ११८ वटा भेडा छन् । उनले भने ‘थुमा १८, साँड २, ल्याउरु २४ र ७४ वटा ठुला भेडा छन् । यो फर्ममा काम गर्न पाउदा मैले गर्वको अनुभूति गरेको छु ।’
अहिले भेडाफर्ममा ध्रुवसहित जीवन, गणेश, धिरेन्द्र र राजेश गरी ५ जना गोठालाहरु छन् । उनीहरुले भेडाहरुलाई कालिकोट, अछाम र बाजुरा जिल्लाका उच्च पाटक क्षेत्रका चरनक्षेत्रहरुमा डुलाएर चराउने गरेका छन् । ध्रुवलाई पार्टी केन्द्रीय कार्यालयले खटाएको छ भने अरु ४ जना स्थानीय युवाहरु पनि खटिएका छन् ।
महासचिव विप्लव कठिन यात्राका बिच चिसापानी पुगेर भेडाफर्मको उद्घाटन गर्नुलाई सबैले अनौठोको रुपमा लिएका छन् । यसलाई अनौठो मात्र होइन निकै चासोका साथ पनि हेरेका छन् । विप्लव जुम्ला धौलापानी र कालिकोटको फोईमा स्याउ रोपेर भेडाफर्म उद्घाटन गर्न पुगे । उनी कहिले स्याउ रोपनमा त कहिले भेडाफर्म उद्घाटनमा देखिदा, कहिले धान रोपन त कहिले मञ्चमा भाषण गर्न देखिदा अनौठो मान्नेहरु पनि छन् । श्रम र उत्पादनसंग विश्वास गर्ने विप्लवको यो कार्य देश र जनताको आत्मनिर्भरताका लागि महान हो । कतिपयले विप्लवले राजनीति क्रान्ति छोडेर आर्थिक क्रान्तिमा मात्र लागेको आरोप लगाउने गरेका छन् । तर यसप्रति विप्लव कुनै नयाँ मान्दैनन् ।
किनकी आर्थिक क्रान्ति र राजनीतिक क्रान्तिसंगै नलिएसम्म देश स्वाधीन र आत्मनिर्भर नहुने उनको दाबी छ । विप्लवले २४ सैं घण्टामा राजनीति गरेर नहुने निश्कर्ष निकाल्दै नयाँ आर्थिक मार्गको नीति अनुसार आर्थिक क्रान्तिलाई राजनीति क्रान्तिसंग अनिवार्य जोडनु पर्ने बताउने गरेका छन । विप्लवले जुम्लामा स्याउ रोप्ने र कालिकोटमा भेडा पाल्ने कुरा आर्थिक क्रान्ति मात्र नभएर राजनीति क्रान्ति पनि भएको नेता भरत सी बताउछन । जे होस् विप्लवले चिसापानी पुगेर संसारलाई नयाँ सन्देश दिने गरेर भेडाफर्मको उद्घाटन गरेको कुरामा सबैको समर्थन नै छ । एउटा राष्ट्रिय नेता कालिकोटमा पुगेर भेडापाल्ने आँट गर्नु गर्वको कुरा भएको कालिकोटे जनताले बताएका छन् । उनीहरुले विप्लवको उत्पादन क्रान्तिमा आफूहरुको पूर्ण ऐक्यबद्धता रहेको पनि बताएका छन् । कालिकोटे जनताले भनेका छन् ‘स्याउफर्म र भेडाफर्म खोलेर रमाउने विप्लवले कुनै दिन नेपालमा समाजवाद ल्याएर नेपाली जनताको बिचमा अवश्य रमाउन सक्छन्, यसमा हामी विश्वस्त छौँ ।’