
बर्दिवास – नेपाल कम्युनिस्ट पार्टी मधेश प्रदेशको बैठक सम्पन्न भएको छ । नेकपा मधेश प्रदेशको सातौँ बैठक आफ्नै उत्पादन केन्द्रमा बसेको हो ।
बर्दिवास नगरपालिका ८ कृष्णपुरमा सम्पन्न बैठकले प्रतिगमनको विरुद्ध प्रतिरोध संघर्ष चर्काउने, मिटरब्याजी विरुद्ध संघर्ष गर्ने, श्रमिक वर्गमाथि राज्य नियन्त्रित दमन–शोषणको विरुद्ध संघर्ष गर्नलगायत निर्णय गरेको छ ।
बैठकले संविधानसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य शिला यादवको नेतृत्वमा नेकपा मधेस प्रदेश पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्