११ श्रावण २०८१, शनिबार

युवा संगठनद्वारा विपीसीले गरेको मूल्यबृद्धि फिर्ताको माग गर्दै प्रदर्शन

0

स्याङजा: नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल, स्याङजाले बुटवल पावर कम्पनी (वि.पी.सी.) ले गरेको मुल्य बृद्धि फिर्ता गर्न माग गर्दै स्याङजाको गल्याङमा विरोध प्रदर्शन गरेको छ ।
पछिल्लो समय स्याङजास्थित बुटवल पावर कम्पनीले जनताको ढाड सेक्नेगरी अत्याधिक रुपमा मुल्यबृद्दी गरेको भन्दै विपिसी प्रभावित क्षेत्रका जनताहरुले विरोध गर्दै आइरहेका छन् । बुटवल पावर कम्पनीका स्याङजास्थित ग्राहकहरुलाई सहुलियत दरमा बिजुली दिने विगतको सहमति विपरित कम्पनीले मनोमानी ढंगले मुल्य बढाएपछि स्याङजाका आम जनता आक्रोशित बनेका हुन् । यसै सन्दर्भलाई जोड्दै युवा संगठन नेपाल, स्याङजा जिल्लाले आज गल्याङमा र्यालीसँगै कोणसभामा परिणत गर्दै उक्त प्रदर्शन गरेको हो ।
प्रदर्शनमा पार्टीका तर्फबाट जिल्ला इन्चार्ज उभार सी , शिव गौतम र युवा संगठन स्याङ्जाका अध्यक्ष बालकृष्ण सीले सम्बोधन गरेका थिए । विरोध कार्यक्रममा युवाहरुलाई रोजगार दिनुपर्ने, विपिसीले बढाएको मूल्य तत्काल फिर्ता गर्नुपर्ने, सहकारीका ठगीहरुलाई राज्यले कारबाही गर्नुपर्ने, लघुवित्तको ज्यादती अन्त्य गर्नुपर्ने र बैंकको बढेको ब्याजदर फिर्ता गर्नुपर्ने लगायतका विषयहरु उठाउदै विरोध र्यालीसहित कोणसभा कार्यक्रम गरिएको थियो ।

कोणसभा पश्चात युवा संगठन नेपालले नाराहरु लेखिएको कालो ब्यानर बुटवल पावर कम्पनीको गल्याङमा रहेको कार्यलयको गेटमा टाँसेको छ भने पार्टीका जिल्ला इन्चार्ज तथा सेक्रेटरीको उपस्थितिमा भएको कार्यक्रमको सञ्चालन ध्रुव सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।