काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय उत्पादन विभागले उत्पादनलाई राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन गुणात्मक ढङ्गले विकास गर्ने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय सम्पर्क कार्यालय बुद्धनगरमा पार्टी महासचिव तथा विभागका प्रमुख विप्लव सीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
नेकपा पोलिटब्युरो सदस्य तथा विभागका सदस्य सन्देश सीका अनुसार उत्पादनलाई राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन गुणात्मक ढङ्गले विकास गर्ने, काठमाडौंमा तत्काल आउटलेट खोल्ने र युवाहरूलाई रोजगारी दिनेसहित दर्जनौ निर्णय भएका छन् ।
नेकपाले देशभर राष्ट्रिय उत्पादन केन्द्रहरु खडा गरेर व्यापाक उत्पादनका काम गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्