८ फाल्गुन २०८१, बिहीबार

जनयुद्ध समाजवादका लागि गरिएको जनताको युद्ध हो : रक्तिम सी

0

बाँके । नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य तथा बाँके जिल्ला इन्चार्ज रक्तिम सीले जनयुद्ध समाजवादका लागि गरिएको जनताको युद्ध भएको बताएका छन् ।
३० औं जनयुद्ध दिवसका अवसरमा नेकपा कोहलपुर नगरकमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पसल उद्घाटन कार्यक्रमलाई बिहिबार सम्बाेधन गर्दै इन्चार्ज रक्तिम सीले जनयुद्ध समाजवादका लागि गरिएको जनताको युद्ध भएको बताएका हुन् ।
उनले जनयुद्धमा वैज्ञानिक समाजवादका लागि रगत बगेको बताउदै नेपालमा वैज्ञानिक समाजवाद नआएको बताए ।
‘नेपालमा वैज्ञानिक समाजवाद आएको छैन, यहाँ गणतन्त्र जनयुद्धकै उपलब्धीले मात्र आएको छ, यो गणतन्त्र पनि दलालहरुको हातमा छ’ उनले भने , ‘नेपालमा जनताको गणतन्त्र चाहिएको छ, नेपाली विशेषताको समाजवाद चाहिएको छ, त्यसमा टिकेर नेपालमा वैज्ञानिक समाजवादमा पुग्नु पर्छ ।’
नेता रक्तिमले जनयुद्धमा हजारौं सहिदहरुको बगेको रगत, हजारौ योद्धाहरुको योगदान र लाखौ जनताहरुको त्याग तपस्या र लगानीले नेपालमा गणतन्त्र आएको दावी गर्दै पुँजीवादी गणतन्त्रलाई जनताको गणतन्त्रमा बदल्न बाँकी नै रहेको बताए ।
उनले जनयुद्ध दिवसको अवसरमा सबैमा शुभकामना दिर्दै जनताको व्यवस्था ल्याउनको लागि फेरी पनि माओवादीहरुको रुपान्तरणसहितको एकता आवश्यक रहेको बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य शोभा सीले सबैमा जनयुद्ध दिवसको शुभकामना दिर्दै सहिदको रगतले नेपालमा गणतन्त्र आएको जिकिर गरे । उनले जनयुद्ध सामान्य युद्ध नभई जनताको न्यायपूर्ण ठुलो युद्ध भएको बताए ।
जनयुद्धको शुभकामना आदान प्रदान कार्यक्रमसँगै सहिद सरोजा गरीको बहिनी झरना गिरी शाहीले संचालन गरेको झरना कस्मेटिक पसलको रिवन काटेर सहिद पत्नी तथा नेकपाका केन्द्रीय सदस्य शोभा सीले उद्घाटन गरिन । उनले ३० औं जनयुद्ध दिवसका अवसरमा ३० वटा मैनबत्ति बालेर जनयुद्धलाई सम्झिन् ।
कार्यक्रममा सहभागी सबैले एक आपसमा अविर आवरण गर्दै मिठाई तथा फलफुल खार्दै जनयुद्ध दिवस उत्साहका साथ मनाएका थिए ।
कार्यक्रम नेकपा नगर कमिटी सेक्रेटरी आस्मा सीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।